Skip to content

अप्ठ्यारै छ जिन्दगी यो


अप्ठ्यारै छ जिन्दगी यो हाँसी हाँसी काट्छु भन्न
पिरतीको डोरी पनि सहजैले बाट्छु भन्न ।

जमानाको के पो भर ? निति नियम ढली सके
अतितमा झैँ चोखो प्रीति स्वच्छ मनले साट्छु भन्न ।

मान्छे अचेल चलाख छन् झुक्क्याउँन सकिन्न है
गार्‍हो छ नि कसैलाई सजिलै पो ढाँट्छु भन्न ।

सम्बन्ध यो गाँस्नलाई अनेक उपाय लाउँन पर्छ
लाको माया चुँडालेर बादल झैँ फाट्छु भन्न ।

समयले कोल्टो फेर्‍यो को पो अब कम छ र ?
गार्‍हो छ है जिन्दगीमा सफल्ता नै आँट्छु भन्न ।

रचना -डिसेम्बर -४ /२०१२

1 thought on “अप्ठ्यारै छ जिन्दगी यो”

Leave a Reply

Your email address will not be published. Required fields are marked *