Skip to content

पर्खिरहनु तिमीले चाँदनी रातमा

  • by


पर्खिरहनु तिमीले चाँदनी रातमा
आउँदैछु लिई रातो गुलाब हातमा

प्रेमदिवस दिलको आज कुरा खोली
सँ-सँगै गरौं ज्युने बाचा मुक्तिनाथमा

छ दिलको तिम्रो मेरो आकाश अधेंरो
बोलाएर ल्याउँदैछु म जून साथमा

नदेख्न नै तिमीलाई जाती थियो! देखें
भिज्ने गर्छ हर रात सिरानी यादमा

मेरी जून आकाश मा कैंयौ तारा छदैं
तिमी मन पर्यो नौं लाखको जमातमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *