Skip to content


हाम्री मिस
कति राम्री मिस
सधैँ सधैँ राम्री मिस
मुहारमा मात्रै हैन
विचारमा पनि राम्री मिस
हामीलाई गर्व छ
हामीलाई रहर छ
हाम्री मिस यसरी नै सजिरहून्
यसरी नै मुस्कुराई रहून्
यसरी नै हाँसीखुशी
जीवनरथ हाँकिरहून् !
त्यो भाग्यमानी पनि
चाँडै नै पदार्पण भइरहोस्
तर, स्कूलबाट भने नछुटाओस्
आँसु रित्याई
हाँसो मात्र भित्र्याओस्
त्यो एउटै मन भएको होस्
त्यो एउटै भावना भएको होस् !
सुन्दर
अति सुन्दर
र, यस भन्दा सुन्दर मैले पाइनँ
अनि, सायद
यस भन्दा सुन्दर तस्विर पनि हुन्न ।
बधाई र शुभ–कामना
सधैँ–सधैँ
गरिमाको मात्र हैन
मात्र लक्ष्मीको पनि हैन
मेरो पनि

अर्थात्
यी शब्द दौडाइरहने नलाआको पनि !

(रमितादेवी मिस जसको फोटोले नै कविता बन्यो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *