Skip to content

विविध साहित्यिक आन्दोलन, पर्व, घटना र काण्ड

  • by


नेपाली भाषासाहित्यका क्षेत्रमा वा इतिहासमा अनेकौँ आन्दोलन, काण्ड, पर्व र अभियान भेटिन्छन् । तिनको खोज अनुसन्धान गर्ने, ठीक बेठीक छुट्याउने-ठीकलाई अँगाल्ने र बेठीकलाई मिल्काउने-काम भने अहिलेसम्म भएको पाइँदैन । नेपाली साहित्यमा देखापरेका धेरैजसो बादहरू गुट-उपगुट र राजनीतिक विचारसँग मुछिएका हुँदा ती त्यसको अस्तित्व र प्रभावसँगै विलिन भएर गए । त्यस्ता प्रयोग र वादहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय पहिचान दिन सकेनन् । गुट उपगुटको विलयसँगै प्रयोजिक वाद, समर्थक र प्रणेता बिलाएर गए ।

यस लेखको नेपाली भाषा साहित्यको इतिहासमा घटेका अनेक काण्ड, पर्व र अभियानको संक्षिप्त जानकारी दिइएको छ ।

१. साहित्यिक अभियान-

क) मोतीमण्डली (वि.सं. १९३८)- मोतीराम घट्ट

ख) रसिक समाज (वि.सं. १९६२)- देवीदत्त पराजुली, दधिराम मरासिनी, सोमनाथ सिग्द्याल, चक्रपाणि चालिसे, दुर्गाप्रसाद घिमिरे, दामोदर प्याकुरेल, अग्निधर अधिकारी, कालिदास पराजुली, शिखरनाथ सुवेदी आदि ।

ग) जोग मण्डली (वि.सं.१९६७)- जोगविरसिंह उदास ।

घ) हलो क्रान्ति (वि.सं. २००६)- शेषकान्त अधिकारी, पं.तोयनाथ अधिकारी ।

ङ) व्याकरण-संशोधन अभियान (वि.सं.२०१२)-भोलानाथ पौडेल ।

च) सजिलो लेखन अभियान (वि.सं.२०१६)- रामराज पन्त ।

छ) जनजिब्रो लेखन अभियान (वि.सं.२०२१)- महानन्द सापकोटा ।

ज) लेकाली सांस्कृतिक अभियान (वि.सं. २०१४)- हिरण्य भोजपुरे, गणेश रसिक, उर्मिला श्रेष्ठ, निरा श्रेष्ठ, निर्मला श्रेष्ठ, शशी भण्डारी, तीर्थ शेरचन, न्हुछे डङ्गोल, नवलकिशोर राई ।

झ) जिम्दो नेपाली भाषा (वि.सं. २०३०)- शिवराज आचार्य ।

ञ) बुटपालिस अभियान (वि.सं. २०३१)- मोहन घिमिरे, धु्रव सापकोटा, भाउपन्थी, शैलेन्द्र साकार, कविताराम, सन्तोष भट्टराई, नारायण ढकाल, तेज खरेल, काशीनाथ तमोट, आनन्द जङ्गली, हरि न्यौपाने, विनोद रिमाल, बदि्र घिमिरे, विश्वनाथ न्यौपाने, भवानी घिमिरे, प्रेम कैदी ।

ट) संयुक्त उपन्यास लेखन अभियान (वि.सं. २०३२)- पदमराज मिश्र, टुकराज मिश्र ।

ठ) हवाई पत्रिका साहित्यिक अभियान (वि.सं. २०३४) – ‘चौतारो’ (२०३४) प्रथम हवाइ पत्रिका ।

ड) ह्रस्वलेखन अभियान (वि.सं. २०३४)-बालमुकुन्ददेव पाण्डे, जोसबहादुर आदि ।

ढ) टिकटमा मुक्तक अभियान (वि.सं. २०३५)-पोखरेली युवा सांस्कृतिक परिवार ।

ण) सडक कविता क्रान्ति अभियान (वि.सं. २०३६)-भवानी घिमिरे, मोहन कोइराला, हरिभक्त कटुवाल ।

त) आरोहणः रङ्गमञ्चीय अभियान (वि.सं. २०३८)- बद्री अधिकारी, सुनिल पोखरेल, निशा शर्मा, सूर्यमाला शर्मा, अनिल पाण्डे, सुरेन्द्र नकर्मी, सोमनाथ भट्टराई, नवराज श्रेष्ठ, नवराज खनाल, विधान आचार्य, राजेन्द्र सलभ ।

थ) सर्वनाम सडकनाटक अभियान (वि.सं. २०३८)- अशेषमल्ल, किशोर पहाडी, रमण घिमिरे, दीपक पौडेल आदि ।

द) कथाकोण लेखन अभियान (वि.सं. २०४३)- अशेष मल्ल, किशोर पहाडी ।

ध) सरल र शुद्ध नेपाली लेखन अभियान (वि.सं. २०४५)-मुकुन्दशरण उपाध्याय ।

न) प्रमाणवाद (वि.सं. २०४६)-अच्युतशरण अर्याल ।

प) नयाँ वर्णविन्यास लेखन अभियान (वि.सं. २०५०)-चूडामणि रेग्मी ।

फ) सङ्क्रमण कविता अभियान (वि.सं. २०५०)-काशी हिन्दु विश्वविद्यालयका विद्यार्थी ।

ब) खेत कविता अभियान -वि.संं २०५१)- एम.एम.गुरुङ ।

भ) साहित्य चौतारी अभियान (वि.सं.२०५२)-जगदीश शमशेर राणा ।

म) छन्द बचाउँ अभियान (वि.सं. २०५३)- माधव वियोगी ।

य) सिर्जना चैत्र-३ अभियान (वि.सं. २०५४)- खगेन्द्र संग्रौला, रामेश, राजकुमार के.सी., नारायण ढकाल, विमल निमा, खगेन्द्र अधिकारी, राजेन्द्र महर्जन, सुरेश किरण, स्नेह सायमी, हरिगोविन्द लुइटेल ।

र) चौथो आयाम (वि.सं. २०५६)-दुबसु क्षेत्री ।

ल) नारीलेखन अभियान (वि.सं. २०५६)- गीता कार्की, सन्ध्या पहाडी, उपमा आचार्य, बुनु लामिछाने, ओमी शर्मा, अरूणा वैद्य, उमा आचार्य, सीता भट्टराई, बाबा बस्नेत, शर्मिला पोखरेल ।

व) भावक अभियान (वि.सं. २०५६)- प्रकाश सायमी ।

श) छन्द जागरण अभियान (वि.सं. २०५९)-बालकृष्ण लामिछाने, रमेश शुभेच्छुक लुइटेल ।

ष) मुक्त अभियान (वि.सं. २०६०)-टंक आचार्य, धनकुटे कान्छा, प्रकाश आङ्देम्बे

स) चक्रव्यूह संचेतना साहित्यिक अभियान (वि.सं. २०६०)- सुरेश हाचेकाली, दुर्गाप्रसाद भण्डारी, एच.बी.भण्डारी ।

ह) बससाहित्य अभियान (वि.सं. २०६१)-कपिलदेव खनाल, सुवास आगमन ।

क्ष) विशेष रङ्गवाद अभियान (वि.सं. २०६१)-धर्मेन्द्रविक्रम नेम्वाङ ।

त्र) साहित्यिक योगाभ्यास नेपाल साहित्यिक अभियान (वि.सं. २०६२)- पुष्कर रिजाल ।

२. साहित्यिक आन्दोलन, वाद र प्रयोग –

क) हलन्तबहिष्कार आन्दोलन (वि.सं. १९६५)- राममणि आ.दी.

ख) जयतु संस्कृतम् आन्दोलन (वि.सं. २००४)- पूर्णप्रसाद ब्राहृमण, श्रीभद्र शर्मा, राजेश्वर देवकोटा, कमलराज रेग्मी, काशीनाथ गौतम ।

ग) प्रगतिवादी साहितियक आन्दोलन (वि.सं. २००८)-श्यामप्रसाद शर्मा, गोविन्दप्रसाद लोहनी, कृष्णचन्द्रसिंह प्रधान, गोकुल जोशी, देवीप्रसाद किसान, भूपी शेरचन, भवानी घिमिरे ।

घ) भर्रोवादी आन्दोलन (वि.सं. २०१३)-पुष्करशमशेर, बालकृष्ण सम, महानन्द सापकोटा, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, बल्लभमणि दाहाल, चूडामणि रेग्मी, कोशराज रेग्मी आदि ।

ङ) आयामेली आन्दोलन (वि.सं. २०२०/२१)-इन्द्रबहादुर राई, बैरागी काइँला, ईश्वरबल्लभ ।

च) राल्फा आन्दोलन -वि.संं. २०२४)-रामेश, रायन, मञ्जुल, पारिजात, निनु, विमल, नोरेम, अरिम आदि ।

छ) अस्वीकृत जमात (वि.सं. २०२६)- शैलेन्द्र साकार, पुष्कर लोहनी, जगदीश घिमिरे, भाउपन्थी, मनु ब्राजाकी आदि ।

ज) अमलेख साहित्य आन्दोलन (वि.सं. २०२६)- द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, भूपि शेरचन, मोहन कोइराला, मदन रेग्मी, धु्रवचन्द्र गौतम, रत्नशमशेर थापा, भुवन ढुङ्गाना आदि ।

झ) लीलालेखन (वि.सं. २०३४)- इन्द्रबहादुर राई- कृष्ण धरावासी, रत्नमणि नेपाल आदि ।

ञ) थाहा आन्दोलन (वि.सं. २०३८)- रूपचन्द्र विष्ट

ट) भोक कविता आन्दोलन (वि.सं. २०३९)- भवानी घिमिरे, कृष्ण धरावासी, प्रकाश बुढाथोकी आदि ।

ठ) शून्यवाद (वि.सं. २०४०)-सरुभक्त श्रेष्ठ ।

ड) तरलबाद (वि.सं. २०४०)-फणिन्द्र नेपाल, विनय रावल, तीर्थ श्रेष्ठ ।

ढ) एक लाइन कविता आन्दोलन (वि.सं. २०४३)- डम्वर पहाडी, होम भट्टराई, शिशिर खरेल ।

ण) जनआन्दोलन कविता (वि.सं. २०४६)- युद्धप्रसाद मिश्रलगायत २०० जना लेखक, कवि र कलाकार ।

त) संरक्षण कविता आन्दोलन (वि.सं. २०५३)-सरुभक्त, रमेश श्रेष्ठ, सुकुम शर्मा, दीपक समीप आदि ।

थ) बादरहित साहित्यिक आन्दोलन (वि.सं. २०५५)- देवी पन्थी ।

द) सृजनशील अराजकता (वि.सं. २०५६)- राजन मुकारुङ, हाङयुग अज्ञात, उपेन्द्र सुब्बा ।

ध) लोकतान्त्रिक गणतन्त्रवादी साहित्यिक आन्दोलन (वि.सं. २०५८)-डिजन भट्टराई, भावना पौडेल, मधुसूदन पन्थी ।

न) गणतान्त्रिक कविता आन्दोलन (वि.सं. २०६१)-खगेन्द्र सङ्ग्रौला, विमल निभा, विक्रम सुब्बा, श्यामल, हरिगोविन्द लुइँटेल, मातृका पोखरेल ।

प) विलयन लेखन (वि.सं. २०६२)- चेतनाथ धमला, मनोज न्यौपाने, कृसु क्षेत्री ।

फ) नेपाली भाषा बचाउँ आन्दोलन (वि.सं. २०६२)- ठाकुर पराजुली ।

ब) लोकतान्त्रिक साहित्यिक आन्दोला (वि.सं. २०६२)- हरिगोविन्द लुइटेल, चंकी श्रेष्ठ, ठाकुर बेलवासे, तुलसी भट्टराई, विष्णुविभु घिमिरे, विजय सुव्वा, यज्ञनिधि दाहाल, निनु चापागाइँ आदि ।

भ) रहस्यमय काव्यिक खोज आन्दोलन (वि.सं.२०६३)-गोविन्दप्रसाद आचार्य ।

म) फाँसीवादविरुद्ध साहित्यिक आन्दोलन (वि.सं. २०६३)-माधवप्रसाद सापकोटा, जीतबहादुर गिरी, एम.बी.’पथिक’ ।

य) गणतान्त्रिक सांस्कृतिक आन्दोलन (वि.सं. २०६३)- गणतान्त्रिक शक्ति -नेकपा माओवादी)

र) मिश्रणवाद (वि.सं. २०६५)- घनश्याम न्यौपाने परिश्रमी, देवी पन्थी ।

३. नेपाली साहित्यका पर्व, काण्ड र घटना ।

क) सूक्तिसिन्धुपर्व – वि.सं. १९७४)- २४ जना कविहरूका कविता सङ्कलन-‘सुक्तिसिन्धु’

ख) मकै पर्व (वि.सं. १९७७)- मकैको खेती- सुब्बा कृष्णलाल अधिकारी ।

ग) प्रभातवर्णन काण्ड (वि.सं.१९७७)- गोरखा शिक्षा-लेखनाथ पौडेल र राममणि ।

घ) पुस्तकालय पर्व (वि.सं. १९८७)- कृष्णप्रसाद कोइराला, धर्मराज थपलिया, जोगवीर सिंह, चित्तधर हृदय, हर्षदास तुलाधर ।

ङ) सहिद पर्व (वि.सं. १९९७)- शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द, गंगालाल ।

च) अमरकथा पर्व (वि.सं. २०१५)- युद्धप्रसाद मिश्र ।

छ) अनेकोट काण्ड (वि.सं. २०५५)- मस्तबहादुर विष्ट, अन्जान विरही, च्याङ्वा लामा, निर्मला देवकोटा, सुभद्रा अधिकारी, डम्बर श्रेष्ठ, मन्जु कुँवर, चिनीमाया लामा, गुम्वासिंह तामाङ, कृष्णसेन ‘इच्छुक’ आदि ।

मधुपर्क २०६८ चैत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *