Skip to content

अपतनहरूलाई श्रद्धाञ्जलि दिँदै अपतन साहित्य परिषदले साहित्यिक कार्यक्रम गर्ने

अपतनहरूलाई श्रद्धाञ्जलि दिँदै अपतन साहित्य परिषदले साहित्यिक कार्यक्रम गर्ने

गान्तोक, 26 अगस्त।
अपतन साहित्य परिषद्‌ सिक्किमले आगामी 23 सितम्बरको दिन गान्तोकमा एउटा साहित्यिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ। 1947-मा स्थापित अपतन साहित्य परिषद्‌ 1970 दशकदेखि निष्क्रिय रहेको भए तापनि गत वर्ष यसलाई पुनर्जीवित गरिएको थियो। परिषदले गत वर्ष नै सो कार्यक्रमको आयोजन गर्ने निर्णय गरेको भए तापनि 18 सितम्बरको भूकम्पका कारण कार्यक्रम स्थगित गरिएको थियो।
आज अपतन साहित्य परिषदका कार्यकारी अध्यक्ष साहित्यकार रूद्र पौड्‌यालको अध्यक्षतामा बसेको सभामा आगामी 23 सितम्बरको दिन उक्त थॉंतीमा रहेको कार्यक्रम गरी अपतन साहित्य परिषदका दिवङ्‌गत साहित्यकारहरूलाई श्रद्धाञ्जलि अर्पण गरिने निर्णय भएको छ। उक्त कार्यक्रममा अपतन साहित्य परिषदका सदस्य अनि उनीहरूका परिवारका सदस्यहरूलाई पनि आमन्त्रण गरिने छ भने कार्यक्रममा अपतन साहित्य परिषदमाथि प्राध्यापक डा. पुष्प शर्माले एक वार्ता प्रस्तुत निर्णय भएको छ। कार्यक्रममा राज्यका प्रतिष्ठित 5 जना कविहरूलाई कविता वाचनका लागि आमन्त्रण गरिने छ। कार्यक्रम गान्तोकको ठाकुरवाडीमा आयोजन गरिने छ जहॉं 1950-को दशकमा अपतनहरूले कार्यक्रमहरू गर्ने गरेका थिए। मूल रूपमा सिक्किममा औपचारिक रूपमा साहित्यिक गतिविधि शुरु गर्ने साहित्यकारहरूलाई श्रद्धाञ्जलि अर्पण गर्नु नै कार्यक्रमको मूल उद्देश्य रहेको अपतन साहित्य परिषदका सदस्य पारसमणि शमले जानकारी दिएका छन्‌।
email- samaydainik@rediffmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *