यहाँ पिउनेलाई साँझ चाहिँदैन
नरक नै हो कि कसो समाज चाँहिदैन
नजर जुधे पनि कतै नचिने झैँ अँधेरोमा
छलाउँछ आँखा अन्तै मिजास चाहिँदैन
नजिकको मान्छे भन्दै नखोजे हुन्छ यहाँ
जलाईन्छ आफन्तैलाई नाता लगाईंदैन
मरेर होइन बाँचेरै देखिन्छ यहाँ नरक जुनी
गुहार माग्यो सुनिल बिचराले तर बचाईंदैन
