Skip to content

यहाँ पिउनेलाई


यहाँ पिउनेलाई साँझ चाहिँदैन
नरक नै हो कि कसो समाज चाँहिदैन

नजर जुधे पनि कतै नचिने झैँ अँधेरोमा
छलाउँछ आँखा अन्तै मिजास चाहिँदैन

नजिकको मान्छे भन्दै नखोजे हुन्छ यहाँ
जलाईन्छ आफन्तैलाई नाता लगाईंदैन

मरेर होइन बाँचेरै देखिन्छ यहाँ नरक जुनी
गुहार माग्यो सुनिल बिचराले तर बचाईंदैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *