दिनदिनै घात पाएँ सहिदिएँ मैले
हात दिदा लात पाएँ सहिदिएँ मैले
पूर्णचन्द्र सूर्य खोजी कति धाएँ धाएँ
औँसीको त्यो रात पाएँ सहिदिएँ मैले
विक्षिप्त यो मन लिई तिम्रो सामु पुगेँ
सिस्नाको त्यो पात पाएँ सहिदिएँ मैले
तिम्रै हित होओस् भनी बाँकी क्यै राखिन
लान्छनाका बात पाएँ सहिदिएँ मैले
कुक्याएको पेटसित तिम्रो महल पुगेँ
गिजोलेको भात पाएँ सहिदिएँ मैले ।
युवामञ्च २०६८ मंसीर