Skip to content

आधुनिक जमानामा चल्न पर्ने भयो


आधुनिक जमानामा चल्न पर्ने भयो ।
बेमतलबी पारामा ढल्न पर्ने भयो ।

सोझा रुख नै काटिन्छन् सबैभन्दा पहिले
जिन्दगीमा बाँच्नलाई छल्न पर्ने भयो ।

अन्धकारमै हराइयो उज्यालो भेटिएन
ज्योतिको खोजिमा स्वयं जल्न पर्ने भयो ।

फूललाई मात्र पूच्छन् सबै झार-पातलाई होइन
सोधीखोजी हुनलाई फल्न पर्ने भयो ।

झुत्रेझाम्रे मान्छेलाई गन्छन् आज कसले
चिल्लोचाम्रो हुने रस दल्न पर्ने भयो ।

भन्थें आदर्श मै बाँचिन्छ आफ्नै मिजासले
चट्टानरूपी यो ‘कुमार’ गल्न पर्ने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *