हेर्दा हेर्दै तिम्रो यौवन दिन दिनै ह्रास भयो
लाग्छ मलाई प्रकृतिको सम्पत्ति नै नाश भयो
दौंतरीमा व्यर्थै मलाई झुटो माया बाँडी दियौ
आजसम्म बाँच्नु पर्ने जिन्दगीलाई आश भयो
फूलसरी जोवन बोकी हिंड्नु पर्दा राख्नु ख्याल
त्यो फूल गोड्ने ज्यामी देख्दा फेर्न गाह्रो सास भयो
यसैगरी दिन बिताउ (!) टुङ्गो छैन जीवनको
भोली पर्सी पाउँला भन्दै यो जिन्दगी त्रास भयो
पर्खिनुको सीमाना हुन्छ ढाट्नु पनि सीमा भित्र
यथार्थ भनौ आज (?) यो मन जिउँदो लाश भयो
