(१)
तिमी नै भन त के म त्योसँग रिसाऊँ?
तिमीलाई चाहने जो-जोसँग रिसाऊँ !
सताउँछौ तिमी छौ र पो त आफ्नो भन्ने
तिमीसँग नरिसाए, कोसँग रिसाऊँ ?
(२)
सुन-चाँदी, हिरा बरू चाँहिदैन
मलाई त्यो ताराहरू चाँहिदैन
चाहे चाँदनी नै, झरोस सामुन्ने
तिमी साथ भए अरू चाँहिदैन

Nikkai Wajandar
Nikkai Wajandar Muktakharu,,,,,
सूर्य चेम्जोङ ज्यूको मुक्तक
मिठो मुक्तक।
बधाइ, सुभकामना।