Skip to content

चोखो माया दिन्छु भन्थ्यौ


चोखो माया दिन्छु भन्थ्यौ अन्तै नाता जोड्यौ,
झुठो आशा दियौ मलाई मेरो साथ छोड्यौ।

सँगै बाँच्ने सँगै मर्ने खाएका ती कसमहरू,
एका एक टाढा हुदै किन बाचा तोड्यौ ?

आउँदै थिएँ तिमीलाई भेट्न क्षितिजपारीबाट,
कति छिट्टो पराईको तिमीले घुम्टो ओढ्यौ?

माया गर्ने हजार रैछन तिम्रो यौवनलाई,
पैसावाला भेट्यौ र त उस्को डोली चढ्यौ।

जानु रैछ आखिर टाढा तिम्रो काले प्रेमीसँग,
हाँसी हाँसी गा’भा हुन्थ्यो किन शिर मोड्यौ ?

copyright@ मोहन बिहानी
भक्तिपुर-७ सर्लाही #
२०६८ फागुन ६ गते शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *