Skip to content

फसाउने चाल तिन्को

  • by


फसाउने चाल तिन्को मादक हुन सक्छ
सफलताको सिँढी चढ्न बाधक हुन सक्छ

होस गर है समयमै सचेत तिमी हुनु
नशालु ती नजरहरू घातक हुन सक्छ

रङ्गीचङ्गी अक्षर् देख्दा भ्रमित नहुनु है
निस्सार् शब्द भरिएको कागत हुन सक्छ

देख्लौ फेरि साधरण भेषभुषामा मान्छे
जोगी तिन्लाई नसम्झिनु साधक हुन सक्छ

सानो मुटुभित्र ठूलो आँट भरी हिडँ
तिमीभित्र संसार् हाँक्ने तागत हुन सक्छ

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *