तिमी हाँस्दा निको हुन्थ्यो म भित्रको घाऊ
दिन रातै मन लाग्थ्यो समाउन पाऊ
आमा भन्दा अर्को प्यारो छैन कुनै नाउँ
आमा छोडी जानु पर्ने छैन कुनै ठाउँ
खुशी हुँदा आमा खोज्छु विरहमा पनि
न रित्तिने तिमी रै छौ ममताकी खानि
तिमी हाँस्दा निको हुन्थ्यो म भित्रको घाऊ
दिन रातै मन लाग्थ्यो समाउन पाऊ
अभावमा छाक टार्यौ गहना ति बेची
आज मैले दिनु थियो उपहार भेटि
कहाँ गयौ यति छिटै साथ छुटाएर
रित्तो भयौ आफू चाहिं सबै लुटाएर
तिमी हाँस्दा निको हुन्थ्यो म भित्रको घाऊ
दिन रातै मन लाग्थ्यो समाउन पाऊ
लुकी लुकी हेरें मैले एकान्तमा रुंदा
हाँसी दिन्थ्यौ सहजमा तिम्रो सामु हुँदा
कत्ति छिट्टै लुकाउँथ्यौ सबै दु:ख पीडा
थाहै न दि किन लियौ यत्ति छिट्टै बिदा
तिमी हाँस्दा निको हुन्थ्यो म भित्रको घाऊ
दिन रातै मन लाग्थ्यो समाउन पाऊ