Skip to content

सानै छु नि बाबा (सवाल-जवाफ)

  • by


सवाल – सरस्वती न्यौपाने

सानै छु नि बाबा अहिले बेको उमेर भाको छैन
बिश्वास गर्नुस छोरीमाथि ईज्जत फाली गाको छैन ।

जुन संकारमा हुर्काउनु भो त्यही संकारमा रमाउदै छु
सरलतालाई त्यागी आज डिस्कोतिर धाको छैन ।

दुनियाको कुरा सुनी नलगाउनुस् झुटो आरोप
मायाप्रेम छैन कतै बाचा-कसम खाको छैन ।

तिम्रो घरमा जग्या बनाई आँगन पोली जान्छु बाबा
आजसम्म मनले खा’को योग्य बर पाको छैन ।

पढ्छु बाबा अझै केही साल धनसम्पत्ति मागेछैन
साधा जीवन उच्च लाग्छ आडब्बरी चाको छैन ।

जवाफ – रामकृष्ण पौडेल अनयास

दुनियाको छोरीले नाक कट्दै गाको देख्दा छोरी
आत्तिन्छ मन तिम्रो उमेर सोर्ह्र सालमा टेक्दा छोरी ।

रीतिरिवाज परम्परा तोड्दै मोड्दै जादा अचेल
साथि संगत जान सक्छ आफ्नै मनलाई छेक्दा छोरी ।

तिम्रो बारे नानाथरी हजार कुरा गर्छन अचेल
सुन्दा मर्नु बाँच्नु भए सबले आज हेप्दा छोरी ।

गाउँका सारा जुटाएर कन्यादान त गर्ने सोच हो
मनले आँट्या पुगेन खै ब्यवाहारले चेप्दा छोरी ।

बुद्ध बन सीता बन ज्ञानको ज्योति छर्नु पर्छ
ठुलो मान्छ यही समाजले धेरै पढ्दा लेख्दा छोरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *