Skip to content


एक ताका
खुब चहल-पहल
भिड-भाड
ठेला-ठेल हुने “रातो घर”बाट
बिस्तारै त्यो दृश्यहरू
पातलिदै जादै थियो ।

त्यो घरबाट
ठुल-ठुला सपनाहरू
ठुल-ठुला आस्वासनहरू
मुलुकको कुना कुना सम्म पुग्थ्यो ।
तल गाउँ बस्तीहरूले
साह्रै विश्वाश गरेको -“रातो घर”

कालान्तरमा आउँदा
घरको केही भागहरू
चर्किदै गरेको देखिन्थ्यो,
पानी चुइन थालेको थियो ।
त्यो घरको हकवालाहरू
टाल-टुल गर्दै चलाउथे ।
झ्याल ढोका फुटेर
भित्र के के हुन्छ ?
सबै देखिने भै सकेको थियो,
त्यसलाई पर्दाले छेकिन्थ्यो ।
आखिर कति दिन पो
टाल टुल गरेर
छेक्न सकिदो रहेछ र ?
उदाङ्गो भो -“रातो घर” ।

केही हकवालाहरू
त्यो घरमा जान छाडेका थिए,
उनिहरू नयाँ घर बनाउन चाहन्थे ।
अर्को थरी हकवालाहरू भने
मरे नि त्यही मर्नु पर्छ भन्थे ।
अन्तत:
ठुलो भुइचालो आयो,
“रातो घर” बस्न नहुने गरी भात्कियो ।

परबाट हेर्दा
“रातो घर” भुत घर भएर
ठिँग्रिङ्ग उभिएको छ ।
त्यहा आजकाल भूतहरू मात्र बस्छन् ।
जो त्यही घरमा मर्न चाहन्थे ।

“रातो घर” ले
अर्काको रगत चुस्न चुस्यो,
अर्काको पसिना पिउन पियो,
अर्काको श्रममा मस्ती गर्न गर्‍यो,

अब
“रातो घर” छाड्नेहरूले
“नयाँ घरको शिलान्यास”गरेका छन,
फेरि कहिलै त्यो घरमा नफर्कने गरी ।

उता
“रातो घर”
मर्मत नहुने गरी भत्कि सकेको छ ।

१० अक्टोबर् २०१२
बिरानो देशबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *