फुइगेलाबा ङाला रहरला प्लु
फिरी एला रजाइँ स्यामा
ङा लाहनन फेरो ख्रबाला मुला
सोमालिया रंगलासी
ताङ्बा ख्राबा
ङाला ताङ्गेलाबा सेमरी
एसे पिन्बा बचनला तोबसे
ङाला कुत्ता लहानन फेरो अफगानिस्थान
तेन इराक तबला मुला
ङाई लहानन नाजी
संकुचित कुदब रङ्गबा एला सेम
तिरम सा-मु रङ्गबा ब्लाक्पा ताला वा बिसीन
एला लागिरी कहिले लानिंग तोजी
कहिले सप्तरंगी म्हेन्दो तोसी सर्जी
आशा लासिन च्याजी
तर
एला सेम झन झन जजा
तबन निमा
ङाला विश्वास तेन
आस्थला सुबास रि
एसे नालीला अज्याबा थाबा छोर्मा
ङाला सेम धरेम
ह्रङ्दान पत्थर रङ्गबा ङ्म्जिन्जी
थेसे तिगाई वासना पिन्बा अहाम
होरोङ्मी पत्थर बिसम चु य्हुल्सारी
खालैसे ला बिसी मोने स्योसी फ्यालासेला मुसेला
तर ङा होरोङ्बा ला डानबा-मन्बा
रहङ्गबा ताआह्म्नी
ताकी थेरी म्हिजे फ्या लगाई
अँ:साँच्चिन एसे ङाला आस्था, विश्वास तेन सेमरी
म्हेरा ल्हईदिमा
ङा मेसे च आहाम्बा
किसीङ्ला ठुटा तबला मुला
न सोबा हाम्सी न सिबा हाम्सी
तर खबदार !
थे ठुटा फिरिन एसे
असत्यला म्हेरा लाईदिमा म्हाईजी बिसम
थेला अस्तित्वनुन म्हाना लाबा म्हाईजी
थेला टा खोबा म्हाईसम
एलाजा अस्थित्व म्हासेला मुला ।
ओ मुर्ख ! एदा तिगा थाहा ङादा
म्हेसेन् च आह्म्बाला बिसी
होरोङ्तसी डान्गो छोर्गो ङा म्रीङ्कोला
एसे जबर्जस्त सोबाला ठुटा हिन्ना
ङाई तोसाम, म्हान्सम
एला अस्तित्व म्हाना ला हाम्ला
मेफ्राला पो रङ् लावाला झोंका गी रि ।
बिना तामांग ‘सुनगाभा’
असोज-२७, २०६९, काठमाडौं ।
तामाङ डाजाङको नियमित ग्योइकाइ गेताङको ११२ औँ श्रृखंलामा वाचित कविता । नेपाली भाषाको उल्था यस प्रकार छ ।
‘ए मुर्ख ‘
उम्रिन लागेको मेरो रहरको
बिजमाथि तिम्रो रजांई नाच्दा
मा धेरै पटक रोएको छु सोमालिया जसरी
मेरो खुसी हुन खोजेको मनमा
तिम्रो वचनको वारले
मेरो छाती धेरै पटक
अफगानिस्थान र ईराक भाको छ
मैले धेरै सहें
तिम्रो संकुचित चूल्हो जस्तो मन
एक पटक आकाश धर्ती जस्तो
फराकिलो हुन्छ की भनेर
तिम्रो लागी कहिले जून बनें
कहिले सप्तरंगी फूल बनेर फूलें
आशा राखेर हेरें
तर
तिम्रो मन झन झन सानो बनेर जाँदा
मेरो विशवास र आस्थामा
तिमीले दुर्गन्धित नाली हाल्दा
मेरो मन अब
आफैलाई पत्थर जस्तो लागिसक्यो
त्यसले कुनै वासना दिन सक्दैन
त्यसो त पत्थर भनु भने
कसैले देवता भनेर
अक्षता छरेर ढोग्थ्यो
तर म त्यस्तो देवता मान्ने खालको हुन सकिन
ता कि त्यहाँ कुनै मान्छेले ढोगोस
अं सांच्चाई मेरो
आस्था, विशवास र मनमा
डढेलो लगाईदिदा
म गाईले खान नसक्ने
चिलौनीको ठुटो भएको छु
न बाँच्न सक्नु ना मरन सक्नु
तर खबरदार ।!
त्यो ठुटो माथि तिमीले
असत्यको डढेलो लाऊन खोज्यौ भने
त्यसको अस्तित्व मास्न खोज्यौ भने
त्यसको जरा खन्न खोज्यौ भने
तिम्रै चै अस्तित्व हराउने छ
ए मुर्ख !
तिमीलाई के थाहा ?
आगोले खान नसकेको भनेर
तिमीले जबरजस्ती बनाएको ठुटा हूँ
मैले परे, चाहें
तिम्रो अस्तित्व हराईदीन सक्छु
खरानीको थुप्रो जस्तै
हावाको एक झोकामा
बिना तामांग ‘सुनगाभा’
