Skip to content


डिएर, रुमन

कतिपय कुराहरू तिमीले बुझाउँदा पनि म बुझ्दिन होला र कतिपय मेरो भगीरथ चाहानाहरू छन् जुन तिमीले बुझोस् भन्ने लाग्छ त्यो मैले वाक फुटाउँदा पनि तिमीले बुझ्दिनौ होला । समय अन्तरालमा तिम्रा भोगाईहरूमा केही बिबिधता देखिए भने त्यति बेला फेरि गौरबको सास अबश्य फेर्ने छु । ईश्वरसँग नमागी केही पाउनु मानव जीवनको सार्थक उगलब्धता सायद हुन्छ । ईश्वर संरचनाले खटाएको सानो भागमा दुखेसो, पीडा, अभावको अभिव्यक्ति र सकंटको गन्तब्य छ भन्ने मनोभाव देखिन थालेको छ ।

समयसँग मैले केही मागिन र माग्दिन । यदि समयले मेरो अन्तर्ज्ञान जान्ने हो भने पनि मसँग माग्न लायकको सम्बन्ध छैन । कतिपय दुखेसो यस्ता हुन्छन् जसलाई बाक्यकृत गर्न कठिन हुन्छ । जसको सार्थकता देखाउन खोज्दा भ्रम पैदा हुन्छ ।

भक्ति र प्रेममा नितान्त भिन्नता छ । म प्रेम गर्न जान्दिन । प्रेम त त्यो मानिससँग हुन्छ जससँग प्रत्येक रात सभ्भोगको याचना मात्र गरिदैन । म कसैलाई भक्ति गर्न सक्छु न कि प्रेम । भक्ति नै प्रेमको त्यो अवस्था हो जहाँ निबर्लता सुन्य र नगन्य हुन्छ । अभाव शिथिल हुन्छ । प्रेमले त्यो उच्चताबोध गराउन सक्दैन । त्यसैले म उसको भक्ति गर्छु त्यो उच्चताबोध प्राप्तिको लागि ।

कतिपय घटनाहरू यस्ता हुन्छन जुन एकपटक घटेपछि पुन घट्ने सम्भावना रहिरहन्छ । कतिपय समस्याहरू यस्ता हुन्छन् जसको निराकरणपछि प्रैढता झनै बड्छन् । मैले केही पाएँ ? या केही बहुमुल्य गुमाएँ । या अरु कसैलाई केही पाउन सहज बनाए । यस्ता कुराहरू नै बौद्धिक समस्या हुन् । मलाई अपराध बोध हुन्छ कि तिमीलाई प्रेम मात्र गर्न सिकाए छु । दुखलाई परिभाषित गर्ने कुनै सैद्धान्तिक आधार वा नियम छैन । मेरो लागि बन्ने परिभाषा आम मानिसको धारणाभन्दा फरक हुन सक्छ । तिमी प्रेम नगर यदि यथास्थितिसँग सामज्यस्यता मिलाउन सक्दैनौ भने । तिमी प्रेम नै नगर यदि भक्ति सम्म पुग्ने अभिलासा छैन भने । यदि भक्तिमा मयार्दा छ भने प्रेमको आश्यकता छैन । जसले भक्ति गरेको हुन्छ उसले कसैको अबरोधमा धक्का महशुस गर्दैन । ज्यादाजसो मानिहरू प्रेम गरेको थिएँ भन्छन् र छलपछि आत्मग्लानि गर्छन् । तर ती त मुर्ख हुन् किनकि तिनीहरूले मात्र प्रेम र सम्भोग जाने न कि भक्ति । भक्तिको बाटोबाट आत्मग्लानिको महशुस नै हुन पाउँदैन ।

तिमी असल सम्बन्धको चाहाना राख्छौ भने प्रेम नगर, प्रेम मर्यादित सम्बन्धको अन्तिम बिन्दु होईन । तिमी भक्ति गर तिम्रो प्रेमीको प्रेमिकाको तब मात्र तिमी अलौकिक प्रमोदको स्थितिमा पुग्छौ । तिमी कसैलाई माया गर्छौ । उसलाई चाहान्छौ । तर उसले तिम्रो भक्तिलाई नबुझ्न सक्छ र बदलामा भक्ति नगर्न सक्छ । यहाँ दुखी हुनु पर्ने कुनै बाध्यता छैन । तिमीले एकहोरो भक्ति पनि गर्न सक्छौ । आरधनामा जीवनको उल्लास भेटिन्छ । त्यसैले केही कुराले तिम्रो हृदय दुख्न सक्छ भने आरधनाको बाटो समाऊ ।

तिमी तिम्रो हाँसोमा सन्तुलन चाहान्छौ । हृदयमा भक्तिको जाज्वल्य चाहान्छौ । तिमीले देखाउने बनावटी हाँसो सामाजले समाउँछ । त्यो असन्तुलित हुन्छ । जब त्यो असन्तुलनलाई सन्तुलित बनाउन खोज्छै समाजले तिमीलाई पागलको बिस्फारित बिल्ला झुन्डाईदिन्छ । त्यसैले असन्तुलनमा धुलिसात हुनु भन्दा पहिले नै भक्तिको बाटो समाउ । तिमीलाई अरुको हृदय दुखाएर फाईदा हुँदैन । तिम्रो प्रत्येक कार्यकलापको छनौटमा अरुको सन्तुष्टि पनि तौली हेर । त्यहाँ सन्तुलनको स्थापना हुन्छ ।

माया यही हो भन्ने दर्शन प्रचलनमा रहेको छैन । नत्र तिमीलाई त्यही पर्चा पढेर प्रेम गर्न सिकाउँथे होला । प्रेमको कुनै नियम छैन जसलाई अन्धाधुन्दा बुझेर तिमीलाई त्यही अुनुशरण गर्न भन्न सकुँ । तिम्रो लागि प्रेम के हो ? उत्कृष्टताको छनौट या त अर्मयादित सभ्भोग । त्यसैले जहाँ परिभाषा हुँदैन परिभाषाको निमार्ण गर्नु पर्छ । त्यसैले भक्ति गर प्रेम होईन । भक्तिको जस्तो तिमीले बुझ्ने परिभाषा प्रेमको छैन । प्रेम त भक्तिको आधारशीला मात्र हो । प्रेम भक्ति प्राप्तिको मार्ग हो । प्रेममा बिश्वास छैन तर भक्तिमा परम बिश्वास छ । यो असामान्य यथास्थितिमा मौलिक भिन्नता पाउने एउटै मार्ग भक्ति हो ।

अन्तमा, प्रेममा आबेग, रफ्तार, क्रोध, क्षोम, घृणा, संघर्ष, हार र जितको अस्वस्थ प्रतिस्पर्धा हुन्छ । भक्तिमा तिमीले बिशुद्ध सकारात्मक सोचको आधारशिलाा बनाउन सक्छौ । भक्तिमा तिमीले कसैलाई जित्नु पर्दैन । न कसैको अगाडि हार भएको स्विकार नै गर्नु पर्छ । यहाँ घृणाको बाटोहरू बन्दै बन्दैनन् । जहाँ संघर्षको गति तिमीले सोचेको जस्तो अस्वस्थ हुँदैन । शुद्ध भक्तिमा जीवनको गति सिलसिलेवार हुन्छ । जहाँ एकपछि अर्को बिश्वास निमार्णको सिंढीहरू हुन्छन् जसबाट तिमीले खोजेको सुखको आत्मानुभूति गर्न सक्छौ ।

योर सोल मेट,
सुन्यता

©Ruman A’mant
http://www.facebook.com/rumanneupane

Leave a Reply

Your email address will not be published. Required fields are marked *