Skip to content

तीजकी बधु

आफ्नै आँगन डिल पनि आफ्नो हैन अर्को लाग्यो
कौवा केही बोल्न खोज्यो, न्यास्रो हैन झर्को लाग्यो।

आवाजहरु आज नौलो मिरमिरेको पँधेरीमा
बधुसंगी कुर्दै थिएँ चेलीबेटीको लर्को लाग्यो।

भोको पेटमै मेला भर्दा नि, थाक्ने हैनन् मैयाँहरु
रातो सारी, रातो चोली, गाना बजाना झर्को लाग्यो।

घरमै बने व्यञ्जनहरु, भान्सा बस्यो अबेरसम्म
खान बसें दरको पुरा, नूनको मात्रा चर्को लाग्यो।

हिक्का छुट्यो बाडुलीको, लोटाउँदा मझेरीमै
मैयाँजीले दिइन् पानी पिउन खोज्दा सर्को लाग्यो।

सापट पनि तिर्नुथियो, मनको कुरा पोख्नु थियो
भेट्नुथियो चमेलीलाई, यसपालीलाई धर्को लाग्यो।

4 thoughts on “तीजकी बधु”

    1. कमेन्ट लेख्नेले नाम पनि
      कमेन्ट लेख्नेले नाम पनि लेख्नु नी !

      आलोक

  1. प्रतिकृया दिने साथीहरुलाई
    प्रतिकृया दिने साथीहरुलाई धेरै धेरै धन्यावाद छ।

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *