Skip to content


पुग्न कहाँसम्म होला, कहाँबाट आउँदैछ?
अघि बढ्ने प्रेरणा कहाँबाट पाउँदैछ?
अरू कति जीवन खोलाबाट तिर्खा मेट्छन्,
कुन तृष्णाले होला खोलो अन्तै धाउँदैछ!

निरन्तर सिकाए सुगा पनि बोल्ने हुन्छ
कुनै बोली छुरा जस्तो छाती छिचोल्ने हुन्छ!
त्यसैले मान्छे भन्छन् ठूलै रूखको ओत लाग्नु
आगोको संगतले पानी पनि पोल्ने हुन्छ!

हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *