आफ्नो छाया जुनमा खोज पाउँदैनौ
साचो माया सुनमा खोज पाउँदैनौ
थोपा थोपा खुशी बटुलिनु पर्दछ
रातो रंग चुनमा खोज पाउँदैनौ
श्रम गर्दा स्वाभिमानले शिर उठ्छ
माटोलाई धुनमा खोज पाउँदैनौ
दुर्गुण हैन सफा हुनुपर्छ मन
हर कुरा खुनमा खोज पाइदैन
वाक्यांशलाई बेलैमा बुझेको राम्रो
यो विवेक नुनमा खोज पाउँदैनौ .
अस्तु :
दमक, झापा
हाल : अबुधाबी, यु ए इ
