Skip to content

विवशतामा कसैका लागि
बाँच्नु परिरहेको यो जिन्दगी ।
कसैको यादमा तड्पी तड्पी
छट्पटिनु परिरहेको यो जिन्दगी ।।
मन भित्र घाऊ चाट पाली
हाँस्नु परिरहेको यो जिन्दगी ।।।
यो जिन्दगी खोई के जिन्दगी ?

रङ्गहरुसँग खेल्न खोज्दा खोज्दै
रङ्ग हराएको यो जिन्दगी ।
शिखर चुम्ने कल्पना गर्दा गर्दे
भुँईमा पछारिएको यो जिन्दगी ।।
हरियाली छाँउन खोज्दा खोज्दै
मरुभूमीसरी भएको यो जिन्दगी ।।।
यो जिन्दगी खोई के जिन्दगी ?

भोको पेटमै भए पनि बाँचेर
अघाउँनु परिरहेको यो जिन्दगी ।
सङ्गित बिना नै बेताल नाँचेर
रमाउनु परिरहेको यो जिन्दगी ।।
दुःखको आँशुमा चुर्लुम्म डुबेर
नुहाउनु परिरहेको यो जिन्दगी ।।।

साँचै हरि भक्त कटुवाल ज्यू
यो जिन्दगी खोई के जिन्दगी ???

जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

1 thought on “जिन्दगी”

  1. कवितामा प्रस्तुत भावहरु
    कवितामा प्रस्तुत भावहरु हेर्दा लेखक जिवन देखि एकदमै निरस हुनुभएको जस्तो लाग्यो

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *