प्रेम लीला रचाउने सिमसार छुट्यो
मदहोस बनाउने सिमसार छुट्यो
वादलुको घुम्टो ओढी लुकामारी खेल्दै
पंक्षीहरू रमाउने सिमसार छुट्यो
इन्द्रेणीको रङ्ग सँगै लुटुपुटु गर्दै
परीलाई हँसाउने सिमसार छुट्यो
चाँदनीको चाँदभित्र आफूलाई खोज्दै
ढुङ्गा पनि रसाउने सिमसार छुट्यो
संसार नै बिर्सिएर प्रीत प्याला भर्दै
जिन्दगानी सजाउने सिमसार छुट्यो
लक्ष्मी पोखरेल
हाल इज्रायल
