जिन्दगीको कोलाहाल् मेलामा छु
लुछाचुँडी गर्नेको भेलामा छु
माया प्रेम लाग्छ यी त सप्ना हुन
पराई के आफ्नैको हेलामा छु
साँढे सातको दशा लाग्यो मलाई
शनिश्चर र राहुको फेलामा छु
जीत हार खै के हुने हो अब?
साँच्चै म दाउपेचको खेलामा छु
उदाउँछन् सबै पूर्वी क्षितिजमा
म भने अस्ताउने बेलामा छु
बिना तामाङ’सुनगाभा’
काठमाण्डौं
