मनमोहक, सुन्दर
रातो लाली
धर्तीको आँगनमा
स्वतन्त्र र स्वाधिनता बिच
टुकु टुकु अघि बढ्दा
सबै लोभिन्छन् ।
छुन लालहित हुन्छन् ।
तिमी र मलाई
भोलिको आँड र भरोसामा
कतै ढोक्छन्
कतै चुम्छन्
हाम्रो वालपन
सुखै सुखमा बित्यो ।
हाम्रो आगमन
समयको चक्र
यो जवानी
अतृप्तहरू
आफ्नो राग मेट्न
स्वतन्त्र र स्वाधिनताको रगंमा
समाहित भैदिन्छन् ।
धिप धिप
आज हो कि भोलि
कसले ताप्ने,
निभ्न लागेको आगो
डुब्न लागेको घाम
अन्ततः
स्वार्थी दुनियाँ
थाहा नदिई भाग्छ ।
बसन्तमोहन अधिकारी
