Skip to content

जीवनमा सजीवता

KabitaThapa


हिउँ भई हिमालमा सुन्दरता भर्छौ
पग्लिदै शिखरदेखि सागरमा झर्छौ

रविको न्यानोपनमा माथि उड्छौ
पानी तिमी बादल भै आकाश छुन्छौ

पवनसित बहँदै शीतलता छर्छौ
कल्पनामा रङ्गीन तरङ्ग कोर्छौ

विशाल धरतीमा वृष्टि बनी आउँछौ
जीवनमा सधैँ सजीवता ल्याउँछौ

क्यालिफोर्निया

Leave a Reply

Your email address will not be published. Required fields are marked *