Skip to content

यसपालीको तिहारमा आउन पाइन दिदी

  • by


यसपालीको तिहारमा, आउन पाइन दिदी
सप्त रङ्गी टीका पनि, लाउन पाइन दिदी

मिठाई र सेल पुरी, पकाएर टन्नै
भाइ-बहिनीसँगै बसी, ख्वाउन पाइन दिदी

झिलिमिली सिंगारेर, दीपावली घरमा
सबको मनमा रमाइलो, छाउन पाइन दिदी

साथीभाइ मिलिजुली, हाँस खेल गर्दै
खुसी हुँदै देउसी भैलो, गाउन पाइन दिदी

वियोगले तड्पिएका, कथा व्यथा भन्दै
रुँदै रुँदै आँशु पनि, च्वाउन पाइन दिदी

मान्छे भयौँ दुइतिर, हाम्रो यौटै मुटु
पराइ झैं भएँ, मुख बाउन पाइन दिदी

(दीपावलीको उपलक्षमा हार्दिक मंगलमय शुभकामना सहित दिदी तथा बहिनीप्रति समर्पित)

कोमल भट्ट ,
पुरानो नैकाप, काठमाडौँ
हाल :-रोचेस्टर , न्युयोर्क
November 9, 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *