आशाका दिपहरू बालेर
स्वागतको गीतसँगै
म आउदैछु तिम्रो आँगनमा
देउसी भैलो भएर
पोहोर साल बैनीका आँखाहरू
रसाए होलान दाजुको पर्खाइमा
दिदीका कोशेलीहरू थन्किए होलान
ओइलिएर कुनामा
हाम फालेर उकाली ओराली
अनि चौतारी र भन्ज्यांगहरू छिचोल्दै
म आउदैछु तिम्रो आँगनमा
सप्तरंगी टिका अनि
सयपत्री र मखमलीको माला उनिराख्नु
वीरताको कथा सुनाउला
देश परदेशको व्यथा कहुँला
तिम्रो आशिर्वादमा यो निधार बिसाउँला
म आउदा मायाको त्यो सागर उर्लिएर
छताछुल्ल हुन सक्छ तिम्रो परेली मा
दिदी म आउदैछु /बैनी म आउदैछु
देउसी भैलीसँगै आउँदैछु
आशाका दीपकहरू बालेर
वीरताको गीतसँगै
आत्मविश्वास बोकेर
म आउदैछु यसपाली तिम्रो आँगनमा
आशाका दिपहरू बालेर
स्वागतको गीतसँगै
म आउदै छु तिम्रो आँगनमा
देउसी भैली भएर
सप्तरंगी टिका थाप्न
सयपत्री र मखमली भएर
First published in Majheri at : 2012-11-10 09:36:34 +0900

Priya dai ..! Ahti marmik ,
Priya dai ..! Ahti marmik , hreedaibidaeok lago dhanyabadh hajur ko prastoti lai ..! Happy Dipawali 2012