Skip to content

गुटबन्दी भएपछि

  • by


गुटबन्दी भएपछि फुटाफुट भो
गृहकार्य गर्दा गर्दै कुटाकुट भो

एकै थालमा खान्थे एकै पटक चुट्थे
कसो गरी आज मन भुटाभुट भो

दाजुभाई हामीहरू हामी एक् हौं भन्थे
शत्रु नजर लाग्यो क्या हो छुटाछुट भो

फूपु मर्दा धेरै थोरै आँशु झारे
अपुताली धन् पाउँदा लुटालुट भो

राजेश रुम्बा लामा’अतृप्त’

Leave a Reply

Your email address will not be published. Required fields are marked *