Skip to content

चारै खुट्टा समाउँछ मान्छे

  • by
BinaTamang-05


चारै खुट्टा समाउँछ मान्छे
चट्ट काट्छ रमाउँछ मान्छे

आफ्नो रक्षा गर्न देवी भाक्दै
पशु बलि चढाउँछ मान्छे

नाम भालेको काम कालेको
दोष सबै हटाउँछ मान्छे

काट्छ अनि चोक्टा चोक्टा पार्छ
आहा ! मासु चपाउँछ मान्छे

यदि दिनको पर्खाईमा होला
वर्षभरि कमाउँछ मान्छे

जुवा खेल्ने पैसा टन्न राखी
गरिवहरू धपाउँछ मान्छे

अर्को ज्यान मारी आफ्नो लागि
शुभकामना छपाउँछ मान्छे

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *