ओकलेर मनको पीडा नपोख्दछिन् मेरी आमा
लुकाएर मनका काँडा नखोल्दछिन् मेरी आमा ।।१।।

नजाऊ बाबु नखाएर भोकले पेट काट्छ भन्दै
नखाएर आफू बरु मलाई खुवाउँछिन् मेरी आमा ।।२।।

दुख झेल्छिन् बिना स्वार्थ सुख दिन सकिन कि
उठाएर मनको स्वार्थ न छेक्दछिन् मेरी आमा ।।३।।

वक्ष कस्तो विशाल सधै प्रेममय छ उन्को काख
फुकाएर मनका इच्छा नभन्दछिन् मेरी आमा ।।४।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *