मेरै निम्ति सोमबारको बर्त गरे सानू साउनमा
नपाउछौ कि वर मनै शिव भाके सानू साउनमा।।१।।
परिरहन्छ रिमझिम वर्षा रमाइलो लाग्छ अति नै
रुपरङ्ग देखेर म कस्तो दङ्गै परे सानू साउनमा।।२।।
इन्द्रधनुषसरी सप्तरङ्गी रहरहरु मनमा सजाएर
बादलूको बुँद बनी मन भरे है सानू साउनमा।।३।।
लुके तारा बादलभित्र आउ लुकाउ हाम्रो नि माया
मल्मल्किरी जूनकिरीले प्रकास छरे सानू साउनमा।।४।।
विशाल छ धर्ति यो देखभेट नै गर्न गाह्रो भाछ
तिर्सना लाग्छ भने सानू वर्षा बनि झरे साउनमा।।५।।
वर्षेको छ रिमझिम वर्षा छेकेको छ भेट्न भेलले
पन्डुबी बनेर त्रिशुलीको भेल तरे सानू साउनमा।।६।।
