मस्त मस्त चाल अनि लजाउने बानी उनको
मन्द मुस्कान अधरमा सजाउने बानी उनको
मेहेन्दीले रङगीएका हातमाथि चूरा अहो!
झिन्झिन् झिन्झिन् झिन्झिन् झिन्झिन् बजाउने बानी उनको
अलि वर आऊ भन्छिन् नाइँ भन्नै सक्दिन म
औंला तोक्दै सुस्त सुस्त कजाउने बानी उनको
हेर्दा ह्रेदै अंशुमाली पग्लिएर ताल भयो
तालबिचमा कमलझैँ राजाउने बानी उनको
– अंशुमाली

sundar sabdaharu sundar
sundar sabdaharu sundar bhawana sundar gazal ani ustai sundar pratibha
मलाई यो गजलको बहाव मनपर्यो।
मलाई यो गजलको बहाव मनपर्यो।