Skip to content

मनभित्र रोए पनि हाँसेकै छु

  • by


मनभित्र रोए पनि हाँसेकै छु हाँस्न
धेरै गाह्रो हुँदो रैछ सम्झौतामा बाँच्न

दि–दिएँ मनमा कति थिए सुख जति
बदलामा तिमीबाट लिएँ दु:ख जति
पलाएको कलिलो यो आफ्नै मन भाँच्न
धेरै गाह्रो हुँदो रैछ सम्झौतामा बाँच्न

जिउँदै छु मेरो भाग्य यस्तै रैछ ठानी
पिउँदै छु आँशुहरू कति पानी मानी
व्यर्थमा सपना थालेँ मन भरी साँच्न
धेरै गाह्रो हुँदो रैछ सम्झौतामा बाँच्न

सूर्य चेम्जोङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *