Skip to content

सस्तो ताली (चार मुक्तक)

  • by


१)
एक्लो ध्रूब चम्के पनि वरिपरि खाली-खाली
कति बेर पो बज्नसक्छ उक्साइएको सस्तो ताली
भुलहुन्छन् जिन्दगीमा स्वीकार्नु पो ठुलो कुरा
मनन गर्न नसके त अर्ती पनि हुन्छ गाली ।

२)
नसोध यी ओठमा किन हाँसो छैन
किन कुनै रङ्गीन रहर चासो छैन
जिन्दगी आफैँमा अस्थायी छँदैछ
तिमीसँग मेरो कुनै गुनासो छैन ।

३)
दु:ख पीडा ब्यक्त गर्न रुनैपर्छ भन्ने छ र ?
खुशी हुँदा ओठमा हाँसो हुनैपर्छ भन्ने छ र ?
दुरीसँग बिछोडको साईनो किन लाउँछन कोही
माया गर्न नजिक बसी छुनै पर्छ भन्ने छ र ?

४)
गुलाफसँग नसुहाउँदैमा काँडा भाँच्न नसकिने रहेछ
बेकामे हुन् जानेर पनि कति बिरुवा नास्न नसकिने रहेछ
कलहका कुरा छोडेर एक मुस्कान हाँसौँ त भनेकै हो
तर मुटुमा देश दुखेको बेला ओठले हाँस्न नसकिने रहेछ ।

दीप्स शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *