पजेरो संस्कृति आजैबाट फाल नेता
भड्किलो जीवनलाई सरलतामा ढाल नेता
दुरुपयोग हुन नदेऊ जनताको करलाई
भ्रष्टाचार गर्नेलाई नख्खु जेल हाल नेता
पत्याउनै छाडिसके कसैले नि तिम्रा कुरा
जनतालाई जे बोल्छौ पुरा गर्न थाल नेता
कति गर्छौ स्वार्थ र छलछामको राजनीति
बिचार र नैतिकताको राजनीति अँगाल नेता
असफलताको खाडलमा खस्नै थाल्यो देश
अझै पनि समय छ राष्ट्रलाई सम्हाल नेता
