Skip to content

ह्वाट यु डिसाइडेड लिन्डा? विल यु रेडी टु म्यारी विथ मि ?
प्लिज लिभ मि अलोन ज्याक, आइ विल टोल्ड यु लेटर,
एक वर्ष अघि रेइ डेल रिट्मो डान्स स्कुलमा पहिलोपटक परिचित क्रिस्चियन युवक ज्याक मेरो बेस्ट फ्रेन्डको लिस्टमा पर्दछ । छ फुट अग्लो, गोरे भएर पनि लुरे भएको कारण उसको पर्सनालिटी अस्वभाविक देखिन्छ, ठिङ्ग्रिङ उभ्याइएको फलेक जस्तो । मित्रता गाँसेको तीन महिनामै उसले मसँग प्रेम प्रस्ताव राखेको थियो भ्यालेन्टाइन डे को दिन । तर उसलाई के थाहा म तीन वर्षदेखि एउटा हिम्मतवाला, हेर्दै खाईलाग्दो गहुँगोरो, हिन्दु अनि नेपाली युवकको मायाजालमा फसेकी छु भनेर । उसले पत्याएन, मैले एक दिन नेसनल पार्कमा वोलाएँ भेट्नको लागि । म मेरो पे्रमीसँग वसेको देख्नासाथ ऊ भाग्न खोज्दै थियो, मैले कुटाउन वोलाएको सोचेर । परिचय गराएपछि उसले वल्ल विश्वास गरयो । कफी पिएर मन अमिलो पार्दै हामीवाट छुट्टियो ज्याक । कहिलेकाहीँ एक्लै भेट्दा उसले भन्ने गर्छ “तिम्रो प्रेमीले धोका दियो भने मलाई भन है? म कुनै पनि समय तिमीसँग विहे गर्न तयार छु ।” मैले धेरै सम्झाँए उसलाई किन मप्रति मरिहत्ये गर्छौ? दुनियामा केटीको कमी छ र ? तर उसको जवाफ यस्तो थियो, “म पैसामा चल्ने दुनियाँ देखेर आजित भैसकेको छु, हरेक दिन नयाँनयाँ गलपे्रmन्ड खोज्ने, घर लैजाने, टन्न पैसा खर्चगर्ने, आप्mनो स्वार्थ पूरा गर्ने दुनियाँभन्दा अलग मायाप्रेमले भरिएको, एकले अर्काको मन वुभ्mने, आत्म सम्मान दिने र युगौँ युगसम्म मायाप्रीति साटिरहने खालको मायालुको खोजीमा छु जसका लागि जिमी जस्तो वुझेकी युवतीको खाँचो पर्दछ । तर विडम्वना मन परेको सवै अरूकै भइसक्ने, जो पायो त्यहीले यो कङ्काल मन नपराउने ।” उसका कुराले मेरो मन छोयो, आँखा रसाएर आए । तर पनि मैले “तिम्रो पनि दिन आउँछ नि । एउटी राजकुमारी कसो नआउली त तिम्रो जीवनमा, धैय गर” भन्दै आश्वासन दिनु सिवाय म उसको लागि केही गर्न सक्दीन थिएँ ।
कति माया गर्छ ऊ मलाई, जिजससँग सधँै मेरो खुसीको लागि प्रार्थना गर्दछ । हरेक दिन यो वारमा आउँछ, अनि यसै गरी मलाई पच्छ्याउँछ, फकाउँछ, कतै मैले उसको प्रपोजल एसेप्ट गर्छु कि भनेर । तर म सधँै एउटै कुरा गरेर टारिरहेकि छु, कतै मेरो पुस्कर यो भीड वाट निस्किएर मलाई सरप्राइज दिँदै अँगालोमा वाँधिहाल्छ कि भनेर । विगत सात महिनादेखि हरेक दिन साँझ वार पस्नासाथ एउटा टेवलको कुनामा चुरोट, वियर र ल्यापटपको गुगल सर्चमा व्यस्त हुन थालेकि छु, लक्ष्य एउटै थियो कतै गुमनाम आलेको सूचना÷खवर केही पाईन्छ कि भनेर । आज पनि मेरो यो दैनिकी सुरू हँुदै गर्दा अचानक मेरो मेलको इन वक्समा एउटा नयाँ मेल देखिन्छ, पुस्कर गुरूङको ।
डियर लिण्डा,
धेरै धेरै सम्झना,
सायद पक्कै पनि तिमी वियर वारमा वसेर मेरो नाममा पिईरहेकि हौली, मेल गरौला भन्दा भन्दै घरायसी समस्याहरूका कारण साईवर पुग्न सकिंन, तिमीलाई मैले लुकाएकै के छ र, म लेकमा वस्ने मान्छे, अनि मेरो गाउंले परिवेश, तिम्रो सुविधा सम्पन्न शहर भन्दा कयौ गुणा अविकसित र विपन्न, यहां इन्टरनेट प्रयोग गर्न धाएरै पुग्नु पर्छ शहरको साईवर सम्म । तिमीले मलाई धेरै धेरै याद गरेको तिम्रो मेलहरू पढ्दा मन भारी भएँर आएकोछ । आज पुरा सात महिना भएँछ तिमी सँग छुट्टीएको पनि, यो कस्तो विडम्वना । यो सात महिनाको अन्तरालमा न त मैले पत्र लेख्न सकें न त मेल नै, म त्यस्तै परिवेशमा फसेको थिए, सूचना प्रविधिको पहुंच भन्दा धेरै टाढा रहेर पनि होला, मेरो व्यवहार नमिल्दा सम्म म तिम्रो सम्पर्कमा आउन सकिन ।
आमा सिकिस्त विरामीको खवरले मैले तिमी सँग पूरा दिन वसेर गफ चुट्न पाएको पनि थिईन, मेरो कोठाको साँचो वुझाउन एयरपोर्ट वोलाउंदा भएँको हाम्रो आधा घण्टे भेटघाट, सँगै वसेर खाएको कफि र तिमो न्यास्रिएको अनुहारले दिएको मायालु चुम्वन नै मेरो मानसपटलमा तिमी सँगको स्मरण घुमिरहेकोछ । छुट्टिने वेला म चाँडै फर्कने वाचा गरे पनि आज सम्म फर्कन नपाउंदा म भूmटो सावित भएँकोछु । त्यहांँ वाट आए पछि झण्डै पांच महिना आमाको औषधाी उपचारमा घर र अस्पताल ओहर दोहर मै वित्यो । तथापी आमा लाई वचाउन सकिएन, एक दिन वहाँ हामी सवैलाई टुहुरो वनाएर छाडेर जानुभयो । त्यस पछि हाम्रो हिन्दु परम्परा अनुसार काजक्रिया र एक वर्ष सम्म चोखो भएँर गर्नुपर्ने वरखीका नियमहरूमा वाँधिएर सेतो कपडा लगाएर आप्mनै गाउँको आँगनमा थल्लिएकोछु । तिमीसँगै विताएका ति रंगिन साँझहरूको अहिले ईतिहाँस जस्तो लाग्न थालेकोछ । वर्ष दिनको वरखी सकिएपछि फेरि म त्यतै आउने सोचिरहेछु तर आमाको देहावसान पछि वा पनि एक्लै पर्नुभएँकोछ, घरको जेठो छोरो भएँर मेरो काँधमा थप जिम्मेवारी आइपर्ने देख्दैछु, हेर्दै जाउं अभैm दश महिना पुरै वांकि छ, भोलीको दिन कसले देखेकोछ र ?
अव त म तिमीलाई मेल गर्नै भएँ पनि हप्तामा एक पटक अवश्य साईवर आउनेछु लिण्डा । आप्mनो ख्याल राख्नु, मेरो चिन्ता लिएर धेरै वियर र चुरोट नतान्नु, सक्छौ भने चुरोट त खांदै नखानु तिम्रो उत्तर र प्रतिकृयाको लागि अर्को हप्ता भेट्ने वाचा गर्ने तिम्रो मायालु,
तिम्रो आले
मेल पढिरहंदा मेरा आँखाहरूमा रसाएको मैले चाल पाइन, झण्डै सात महिनामा भेटिएको आलेको खवरले एकातिर खुसी दिई रहेको थियो अर्को तर्फ उसले गरेको भविष्यवाणीले डर लागिरहेको थियो । अहिल्यै उडेर जाउं र उसलाई एक चड्कन दिउँ जस्तो मन चुलवुलिएकोछ । तर खुसी हुने कुरा पनि थियो, गडले मेरो मान्छे जोगाएर राखिदिएका रहेछन्, ।
हिजो जस्तो लाग्छ मलाई आले सँग भेट भएँको, भेनेजुयलाको एउटा डान्स वार, हेदै खाईलाग्दो व्यक्तित्व, आकर्षक छाती, मोटा पाखुरा, साहसी देखिने सांडे पांच फुट अग्ला, हल्का हिसी परेका, गहुँ गोरो वर्णको नौजवान हँसिलो मुद्रामा कसैलाइ खोजिरहेजस्तो । उसको हाउभाउले मलाई आकर्षण गर्यो, तानीदै गएँ उसको नजिक, चुम्वकले फलामका कणहरू ताने जस्तो ।
हाई आइ एम लिण्डा, लिण्डा डिसुजा, मेरो परिचयमा मुस्कुराउँदै आप्mनो परिचय दियो उसले
हेलो, दिस इज पुस्कर, पुस्कर गुरूंग ।
मे आइ डान्स वीथ यू मिस्टर गुरूंग ?
ह्वाइ नट?, स्योर
उ मेरो अंगालो मा, अनि म उसको, धेरै वेर हामी साल्सा (एकप्रकारको डान्स) मा रमायौ एक अर्काको प्रारम्भिक परिचय सँगै दुवै एउटा टेवलमा वस्यौ र केही स्न्याक्स र वियर पिएर हामी छुट्टीनै लाग्दा, मैले उसलाई मेरो कोठामा रात विताउन अफर गरें तर उ मानेन, कसैले मेरो अफर अस्वीकार गरेको यो मेरो पहिलो हार महशुस गरेँ । मलाई अचम्भित वनायो उसको व्यवहारले, उसको यो क्वालीटीले म उ माथी झन फिदा भएँँ । अन्ततः भोली साँझ छ वजे फेरि भेट्ने वाचा गराई छुट्टीएँ ।
रात भरि मेरो मस्तीस्कमा पुस्कर सँगको साल्सा र कुराकानीमा विताएका पलहरूले डेरा जमाए, जिवनमा आजसम्म कुनै युवकको स्पर्स वा संसर्गले यस्तो भएँको थिएन, क्षणभरको आनन्द र तनको आवश्यक्ता परिपूर्ति गर्ने विपरित लिंगी वाहेक केही सोचेकि थिईन पुरूषहरूलाई । तर आज मात्र पहिलो भेट र केही समयको डान्सले कस्तो तलतल लागेको होला मलाई? आज सम्मको हिसाव गर्ने हो हजारौ सँग त डान्स नै गरि सकें हुँला तर आज के भयो मलाई?, फेरि भोली कहिले होला र भेट्न पाईएला भनेर कल्पनामा डुविरहँदा रात छर्लंग भयो, विहान हुने वेला आँखा लागे, विउंझदा विहानको नौ वजिसकेको रहेछ । चार पाँच दिन लगातार हाम्रो साँझ यसैगरि वित्यो, मैले सन्डेको छुट्टीमा समुन्द्री किनारमा घुम्न जाने अफर गरें, यस पटक उसले नाई भनेन । मलाई उ सँग गहिरो मित्रता गाँस्न मन लाग्यो । उस्का जीवनका हरेक पाटा वुभ्mन जान्न मन लाग्यो ।
सन्डे विहान सवेरै हामी दुई ड्राइ फुड वोकेर पिक्नीक मनाउन समुन्द्री किनारमा पुग्यौ, मैले उसको जीवनकथा जान्न चाहें, आग्रह गरें पुस्कर यसरी वताउन थाल्यो आप्mनो आत्म कथा,
“ म सगरमाथा हिमाल भएँको, शान्तीका प्रतिक ज्ञानी गौतम वुद्धको देश नेपाल वाट आएको हिन्दु संस्कारको नेपालीको छोरा हुँ, मकवानपुर जिल्लाको एउटा ग्रामिण परिवेशको मध्यम वर्गिय परिवारमा वुवा आमा सहित एक दिदी,एक वहिनी, एक दाजु र एक भाई छन् परिवारमा । हाम्रो गाउंघरमा घरको आर्थिक स्थिती कमजोर भएँको घरहरूमा एसएलसी पछि अधिकांश छोराहरूको जागिर खोजेर खानु पर्ने र छोरीहरू विहे गरेर जाने चलन थियो सन २००० तिर । त्यहि चलनलाई पछ्याउँदै म पनि एउटा कोरियन प्रोजेक्टमा जागिरे भएँँ । शिप खासै जानेको थिईन तर प्रोजेक्ट भित्र विभिन्न प्रकारका इलेक्ट्रीकल तथा मेकानीकल उपकरणहरू रहेकोले मैले आप्mनो क्यारियर मेकानिकल टेक्निसियन वनेर विताउने सोच राखें । रात्री कलेज पढेर पढाई पनि सँगै लिएर जाने तिव्र इच्छा जागिरले सफल हुन दिएन । गुरूंगको छोरो, आपूmलाई दिएको काम पूरा नभई छोड्ने चलन थिएन, कसैले निर्दोष हुदा पनि दोष लगाउंछ भने त्यो सहि सक्नु हुदैनथ्यो । यहि वानीले गर्दा प्रोजेक्टका धेरै साथी कमाउन सकिएन, तर अफिसरहरू म देखि खुसी थिए । पटक पटक म पुरस्कृत भएँँ वेष्ट मेकानीकल टेक्नीसीयन भनेर । त्यो लोकल प्रोजेक्ट सक्नु अघि म अभैm राम्रो अवसरमा कालीगण्डकी पुर्गे, त्यहाँ पनि मेरो योग्यता को राम्रो कदर भयो, विदेशी कम्पनीले हात हालेको प्रोजेक्ट भएँर पनि होला त्यहा विदेशी प्राविधिकहरूको आउने जाने क्रम चलिरहँदो रहेछ । त्यस्तै मध्ये उक विदेशीले मेरो कामको प्रसंसा गर्दै विदेश गएर काम गर्न भने । मैले विदेश जाने कुराको निर्णय आपैm गर्न सकिंन । वा, आमा र दाजुको सल्लाहमा म जान मन्जूर भएँ, पासपोर्ट वनाउने र भिषा लगाउने काम पनि प्रोजेक्टले नै गरिदियो । आप्mनो देश, घर परिवार र सारा साथीहरू छाडेर जहाजमा चढ्दै गर्दा, फेरि फर्किएर जाउँ जस्तो पनि नभएँके होईन तर सोचेजस्तो नहुने रहेछ जीवन । म कम्पनीमा ज्वाईन गरेकै दिन मेरो कार्य दक्षताको विषयमा अन्य टेक्नीसियनहरूलाई जानकारी गराउंदै परिचय गराईयो । मेरो नाम सँगै देशको नाम जोडिनु र मेरो कारनामाहरूको विदेशी भूमिमा प्रसंसा गरिनुले मेरो काम गर्ने जिम्मेवारी वढेको थियो र म नमूनाको रूपमा यहाँ ल्याईएको रहेछ भन्ने थाहा पाएँ । देशमा भन्दा दुई गुणा वढी रकम, खान वस्न सवै कम्पनीको मेरो वचत राम्रै रहयो । हाम्रो कम्पनीमा कामको शिलशिलामा म मेरो इन्चार्ज लाई सधै अलि वढी आदर गर्थे उसले पनि मलाई आप्mनो जस्तै व्यवहार गर्र्ने र केही गल्ती भएँमा सम्झाउने, वुझाउने उनै थिए त्यसैले पनि म उसलाई आप्mनो प्यारेन्स जस्ते मानेको थिएँ । साँझ छ वजे ड्यूटि वाट छुट्नासाथ म आप्mनो रेसिडेन्स पुग्दथें, कहिलेकाहीं पार्कमा टोलाउन जान्थे तर सँगै काम गर्ने अन्य साथीहरू डान्सवार र वियरवारमा गएर पैसा उडाउदथे । कोहि रात भर गायव भएँर भोली पल्ट ड्युटी ज्वाइन गर्दथे । सँगै काम गर्ने तर म भन्दा पुराना एक स्पेनी साथीले डान्सवार र वियरवारका कहाँनीहरू सुनाउन थाले । शुरूका दिनहरूमा मैले खासै चासो नदिएपछि उसले पनि वार जान छाडेर म सँगै समय विताउन थाल्यो । मैले कयौ पटक सोधेँ उसलाइ, किन इन्ज्वइ गर्न नगएको त? भनेर तर उ म गएमा मात्र जाने नत्र नजाने पक्षमा पुगेको रहेछ ।
सधै रमाएर जाने स्पेनी मित्र, टोलाएर म सँग वस्न थालेको देखेर मलाई दया लागेर आयो, उसको खुसीको लागि म पनि एक दिन डान्सवार गैदिने निर्णय लिए, उ खुसीले गदगद भयो । त्यो पहिलो दिन थियो साथी पाट्नर खोजेर नाच्न थाले, म केही वेर वियर पिएर उसको तमासा हेरीरहे केही क्षणमै उ त्यहांवाट हरायो, मेरा आंखाहरूले उसलाई खाजीरहेको थिए, यसै विच तिमी मेरो सामू आयौ, परिचय गरेर नचाउन थाल्यौ । म जन्मिएको ठाउ र परिवेशका कारण मैले सोचेको पनि थिईन पहिलो भेटमै यसरी एउटी केटी मलाई आप्mनो रूम लैजाने अफर गर्छिन, मलाई पच्याईरहन्छिन् । मलाई लाग्यो पक्कै पनि यो परदेशमा मेरा लागि भगवानले एउटा आत्मिय मित्र खोजिदिएर म सँग मिलाउन खोज्दैछन् यहि कारण मैले तिम्रो यो अफर स्वीकार गरें र आज तिम्रो सामू उपस्थितछु ।”
पहिलो पटक उसलाई देखेदेखि नै मेरो मनमा एउटै मात्र कुरा खेल्न थाल्यो कि उ एउटा हिरा हो र हिराको पहिचान जोहारीले मात्र पाउछ, उसको आगमनले मेरो जिन्दगी हिरामय झलमलाउन सक्छ भन्ने मेरो आत्म विश्वासका कारण म पटक पटक उ सँग नजिकिन चाहें, मेरा तन, मन र धन सारा कुरा लुटाउन चाहें तर उसको एउटै वलियो पक्ष थियो जस्को कारण म घायल थिंए उसको प्यारमा , उ शारिरिक आकर्षणमा विश्वास राख्दैनथ्यो, उसैको भनाईमा “सुन्दरता दुई दिनको आकषर््ाण हो जस्को निश्चित समयमा आयू सकिन्छ तर मानिसको गुण, स्वभाव, आत्मियता र वानी व्यवहार जिन्दगी भरीको साथी हो र मरेर जांदा पनि अरूले सम्झिरहनेछन् ।” म गुमाउन चाहन्नथे उसलाई, वदलामा उस्का हरेक शर्त मान्न तयार रहें ।
उसको पहिलो शर्त थियो, जुन सुकै धर्म लिएको भएँ पनि हिन्दु धर्म मान्नु पर्ने, मेरो लागि जटिल यो शर्तका कारण तीन दिन म आपैm गुप्तवास वसे कसैलाई नभेटेर, सांच्चै मेरो मनले खाएको युवक उ छ भने मैले आपूmले त्याग्न नसक्ने के होला र, वरू म खुद उसलाई पनि केही त्याग गराउन सक्छु आप्mनो मायाजालले भन्ने मेरो एकलौटी सोच आज सोह्रै आना गलत सावित भयो । त्यस पछि केही आत्मिय मित्रहरूको सल्लाहमा मैले वांकी शर्त जान्न चाहें, उसको दोश्रो शर्त थियो सके नेपाली र गुरूंग भाषा नसके नेपाली भाषा अनिवार्य सिक्नुपर्ने । खैर यस्मा कुनै गाहे कुरा देखिएन, आवश्यत्ता भएँमा कुनै पनि देशको कुनै पनि भाषा सिक्न सकिन्छ भन्ने मेरो वुझाई थियो । तेश्रो शर्त थियो आप्mनै परिश्रमले कमाएर खानुपर्नै, सायद उसले वावु आमाको कमाईमा रजाई गरेर खानु भन्दा आप्mनै खुट्टामा उभिनु पर्ने कुरा गरेको हुनु पर्छ । चौथो शर्त थियो नेपाली परम्परा अनुसार घरजम गरेपछि नेपालमै वस्नुपर्ने ।
विभिन्न धर्मका मानिसहरू देश, काल अनुसार छेपारोले रंग वदलेझै वदलिएको सुनेकी थिएँ, साउदीमा कयौ स्लाम धमावलम्वी कामदारहरू कुरान पढ्ने समयमा काम नगरे पनि तलव पाउनुको कारण धर्म परिवर्तन गरेको सुनेकी थिएँ तर आप्mनो देश, धर्म, भाषा, कला संस्कृति र आत्म सम्मान लाई साथमा लिएर हिड्ने साहसीक पुरूष मैले मेरो जीवनमा भेटेको पहिलो व्यक्ति थिए पुस्कर, जस्का हरेक शर्त मञ्जूर गरि जीवन साथी रोज्नु नै ठिक लागिरहेथ्यो तथापी मैले मम ड्याडलाई कल गरें उसको वारेमा सवै कुरा सुनाएँ, वहाँहरू एक्साईटेट भएँर विक इन्डमा सँगै लिएर आउन भन्दै गर्दा म स्वयम् उसको मन वाट कयौ माईल पर वसेर मात्र टोलाईरहेरिरहेकिथिएँ ।
मैले उस्का शर्तहरू स्वीकार्नु मात्र ठूलो कुरा थिएन, वेला वेलामा उसले लिने परीक्षाको नतिजामा डिस्टिंसन ल्याउनु ठूलो थियो, मैले उसको साँचोमा आपूmलाई ढाल्दै लगेको देखिनु उपलव्धीको कुरा थियो, मैले उ सँग नेपालीको ट्यूसन लिएर पर्फेक्ट वोल्न सक्नु सफलता थियो मेरो लागि, अनि मेरो पे्रम मलजलको लागि ।
एक मनले लाग्यो, कति घमण्डी छ उ, उस्का हरेक कुरा लागू हुनु पर्ने त्यस्तो पनि कहि शर्त हुन्छ , मेरा पनि त शर्त हुन सक्छन् नि, दुनियामा उ जत्तिको कोहि नभएँ जस्तो, खोजी गर्यो भने के नपाईएला यो दुनियाँमा?, अर्को मनले हेर्दा यस्ता आदर्शका कुराहरू, सैदान्तिक विचार, आत्मनिर्भर, निडर, लोभ रहित र इमान्दार व्यक्ति पाउने दुनियाँ देखिंन मैले, अन्ततः शुरू भयो मेरो नेपालीको ट्युसन ।
मैले थोरै थोरै नेपाली वोल्न जानेको वेला धेरै गिज्यायो उसले, सानो दुई वर्षे वालकले वोले जस्तो तोते वोलीमा, पुरा तीन महिनामा धेरै नेपाली जानेँ, नेपाली व्याकरणहरू पनि निखार्दै गएँ, नेपाली अनलाइन खवरका वेवसाइटहरूमा रहेका नेपाली खवरहरू पढ्न लगाएर मेरो टेस्ट लिन्थ्यो उसले ।
अन्तमा उसले मेरो फाईनल परीक्षाको लागि नेपाल घुमाउन लैजाने भयो, नेपाल घुमुन्जेल हरेक ठाउंमा नेपाली मात्र वोल्नुपर्ने र पास भएँमा विहे गरेर आप्mनै घरमा भित्य्राउनेरे । सुनेरै म एक्साईटेट भएँँ, यो पनि एउटा साहसिक कार्य हो भन्ने मलाई लाग्यो, आप्mनो भाषा लाई चटक्क छोडेर अरूको भाषा सिकेर प्रयोग गर्नु मुस्किल त थियो नै तर लाग्यो असम्भव पनि छैन, कहिले काहिँ डर लाग्थ्यो कतै सवै सिकेका कुरा विर्सिने पो हो कि भनेर, झुक्किएर कयौ अमेरिकनहरू सँग मैले नेपालीमा कुरा सुरू गर्दर्थे । मैले इन्टरनेट वाट नेपालको वारेमा प्रसस्त सूचनाहरू संकलन गरें अनि तयारि गरे अव नेपाल गएर कहाँँ कहाँँ घुम्ने भनेर । नेपालमा विषेश गरि काठमाण्डौंं, ललितपुर र भक्तपुर का एतिहांसिक हस्तकलाका नमूना दरवार तथा मठ मन्दिरहरू, सुन्दर मनोरम पोखरा नगर, सरगमाथा वेस क्याम्प तथा नाम्चेवजार, जोमसोम तथा मुक्तिनाथ, वुद्ध जन्मस्थल लुम्विनी, ऐतिहांसिक चिसापानी तथा मकवानपुरगढी, नगरकोट, पाल्पाको श्रीनगर, कोशी टप्पु, चितवन नेशनल पार्क, वर्दिया नेसनल पार्क आदी ।
म शर्त मुताविक अघि वढिरहेको भएँ पनि मैले सोधे एकदिन उसलाई, “यति सारा शर्तहरू आखिर के का लागि, के यो आवश्यक थियो र तिम्रो जीवन साथी वन्नको लागि ?” मेरो कौतुहलता मेटाउने उसको सरल जवाफ थियो, “हेर लिण्डा, म मेरि आमा लाई सारै माया गर्छु, जसले मलाई जन्माएर यो संसार हेर्ने अवसर प्रदान गर्नुभयो, म यता आउने वेला मेरि आमाले धेरै ज्ञानगुनका कुराहरू मलाई पढाउनु भएँकोछ । “विदेश जान त जाउ तर कमाउनको लागि मात्र है छोरा, विहे चाहिँ नेपाली संस्कारी केटी सँग नै गर्नु पर्छ,, विदेशकि केटीहरू लाई नपुग्दो के नै हुन्छर, तिनीहरू अल्छी हुन्छन् अर्काको भरमा वाँच्छन्, हिन्दु भर्म मान्दैनन्, गाई खान्छन्, कसैले फकाउलान, कमाएको सवै सिद्ध्याईदेलान, हरेक पाईलामा यो वुढी आमाको कुरा याद गर ल आले? नत्र सारै दुख पाउलास, के गर्नु देश छोडेर कमाउन हिँडेको छस् आमा हुँ, आप्mना सन्तानले सधै सुख पाओस जस्तो लाग्छ, अझ तँ त मेरो आले पनि त होस” मैले आमा लाई वचन दिएर आएको छु आप्mनै देशमा गएर उनले भनेजस्तो वुहारी सँग घरजम गर्ने, वावु गुरूंग आमा मगर भएँ पनि मलाई आमाले जन्माउँना साथ मेरो अनुहार मगर जस्तै देखियोरे, त्यसैले आमाले मलाई अहिले पनि प्यार सँग आले भन्नु हुन्छ । यहि कारण थियो कि म तिमी सँग कहिल्यै घुलमिल हुन चाहिँन तर तिम्रो जिद्यिपनको अगाडी म हार खाएर शर्तहरू राखेँ र यो कुरा आमालाई खवर गरें, मेरो कुरामा आमा सारै खुसी हुनुहुन्थो, “ठिक गरिस आले, त्यति धेरै कुराहरू मान्नु भन्दा त तँलाई छाडेर अर्कै खोजेर हिँडिहाल्छे नि” तर तिमी भित्रको सहनशिलता र कोमल हृदय अरू भन्दा अलग मैले पाएँ त्यसकारण पनि तिमी र म विचको यो दुरी छोट्टिएको हो ।” भनेपछि आज देखि तिमी मेरो पनि आले भयौ हैनत…, उसले प्रति उत्तरमा मधुर मुस्कान छोड्नासाथ मैले सवै उत्तर पाएँ । शुरू भयो हाम्रो डेटिंगका दिनहरू ।
अर्को सालको पुस्करको छुट्टीमा नेपाल जान पाईने कल्पना गर्न थाले, उस्का परिवारका हरेक सदस्यहरूको जानकारी लिएँ, मैले मेरो मम ड्याड सँग भेटाउन तथा स्पेन घुम्न भनेर एक हप्ताको विदा लिन लगाएँ र लिएर गएँ । मम ड्याड पनि आप्mनी छोरीले साँच्चै ज्वाई लिएर आई भनेर प्रफुल्ल हुनुहुन्थ्यो । आतिथ्यता सत्कार पछि अदालतमा पक्षी विपक्षीलाई वकिलले कठघरामा राखेर प्रश्न सोधे जस्तै मम ड्याडले प्रश्न वर्साउनु भयो मेरो आले माथी, मानौ छोरीले भनेका सारा कुरा वहाँहरू भेरिफाई गर्दै हुनुहुन्थ्यो । उसले पनि धैर्यताका साथ वहाँहरूको सवै जिज्ञासाहरू मेटाईदियो । स्पेनका सारा पर्यटकिय स्थलहरूमा म आलेको गाईड वनेर हिंडे, म उ सँग, उ म सँग त्यो पनि पुरा सात दिन, मैले समयलाई, समयले मलाई चिनेर होला त्यो ट्रिप मेरो लागि जिन्दगीको ऐतिहाँसीक र अविस्मरणीय ट्रिप थियो ।
एकातिर ज्याक, अर्को तिर आले, ज्याक सँगको जिन्दगीमा नयाँ पन केही छैन, आले सँगको जिन्दगीमा चुनौती तथा जोखिम भैकन पनि जिन्दगीको मीठास, नयाँ परिवेश र नयाँ संस्कारको थालनीले नयाँ ईतिहाँस लेखिने सुनिश्चितछ । तसर्थ मैले आलेलाई प्रतिउत्तरमा यो सवै कुराहरू दर्शाएर, मलाई उसकै श्रीमती हुने रहर जागेको कुरा मेल गरें । छैटौं दिन उसको सकारात्मक जवाफ पाएँ, मेरो खुसीको सिमा रहेन, हाम्रो मेल ओहोर दोहरको क्रम छोट्टिंदै गयो, मैले इन्टरनेटमा फेसवुकको विकास भएँको र यसको प्रयोगको वारेमा सवै जानकारी गराएं, अभैm दुरी छोटिएको महसुस भयो, साईवरको सहारामा संधै भिडियो चाट सम्भव नभएँ पछि म्यासेज चाट हुन्थ्यो । समयको पर्खाई सँगै उसको ममको वरखी सकिन पाँच दिन वाँकी रहँदा उ सँग अन्तिम भेट भएँको थियो, केही दिन फुर्सत नहुने कुरा त भनेकै हो, त्यस पछि पनि दुई महिना विति सकेको छ,तर आले सँग संपर्क हुन सकेको छैन, त्यहि दिन देखि आलेको फेसवुक अपडेट पनि छैन, यो कस्तो परीक्षा हो मेरो?, कतै आले मलाई छोडेर अर्कै तिर लागेको त छैन…? उसको फेसवुकका केही साथीहरू मध्ये साथी वनाएँ पुकार गुरूंग लाई, र प्रश्न राखें उसको म्यासेज वक्समा, “आज भोली पुस्कर के गर्दैछ त्यहाँ, आजकल त अनलाईन पनि भेटिदैन?” अनुसन्धान शुरू गरेको तीन दिनमै सम्वोधन सहितको भुकम्प आयो मेरो फेसवुकको म्यासेज ।
“सरि भाउजु, दाजुले हजुरको धेरै कुरा गर्नु हुन्थ्यो, आमाको वरखी सकिएको भोली पल्ट हामी सवै घरमा सदस्यहरू मिलेर दाजुको विहे हजुर सँग गराउन राजी भयांै, यो खुसीको खवर हजुर सँग सेयर गर्न तुरून्तै साईवर गएर आउँछु भनेर जानु भएँको दाजु,….. म कसरि भनौ वहाँ सधैको लागि जानु भयो भनेर….,फर्किनु पनि भएँन…, केही समयमा एउटा हल्ला आयो, ट्रकले ठक्कर दिएर मान्छे मार्यो भनेर, ट्रक जलाउने तयारि भईरहँदा त्यो किचिएको लास पुस्कर दाजुको थियो… हाम्रो लागि अर्को वज्रपात ।”
अझै पनि म आलेको मायाजालमा फसेर मीठो परिकल्पना गर्दै उसको प्रतिक्षामा अल्झिरहेकि छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *