Skip to content

सिमानाका पिलरहरू किन सार्छ भारत


सिमानाका पिलरहरू किन सार्छ भारत
बिस्तारबादका बुटहरू किन बजार्छ भारत

मिचिदैछन् सीमाहरू मेचीदेखि कालीसम्म
ऐतिहासिक ती जङे पिलर किन बटार्छ भारत

बर्षौंदेखि एकतर्फी लादिएका असमान सन्धि
अझै राखी अन्यायमा किन पार्छ भारत

नदी नाला दुबै देशका सम्पत्ति हुन् साझा भन्दै
पानी बिजुली आफू मात्रै किन तार्छ भारत

जुन सरकार बनोस् तर टिक्न दिन्न कहिल्यै पनि
सार्भभौम राष्ट्रमाथि हस्तक्षेप किन गर्छ भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *