Skip to content

चुरोटका ठुटाहरू


चट्ट सल्किएका छन्
चुरोटका ठुटाहरू
खरानी भएर उडेका छन् धुवाँहरू
जलिरहेछन् मन र मनका भावनाहरू
कति त सुःखमा
कतिपय दुःखमा
न त छोड्न मान्छ न त तोड्न नै विवश छन् यी हातहरू
औलामा नचाएर दुनियाँको सामु लट्ठिएर स्वाद चाख्न
यसैमा छ प्राण
यसैको खोजीमा भौतारिएका छन्
यी त पूर्खाले अर्जेका कमाईहरू हुन्
सुख पनि यसैमा दुख पनि त्यसैमा
रूनेहरूको आँसुमा
हाँस्नेहरूको हाँसोमा
मरेका लासहरूमा ज्यूदाहरूका बासमा
जता हेरे पनि जता खोजे पनि
भेटाएका छन् प्यासी मनहरू मेटिएका छन्
पिउनेले पिएका छन् मदहोसको स्वादमा
एक खिल्ली-दुई खिल्ली एक सर्को-दुई सर्को तान्दै
सपनामा पनि
बिपनामा पनि
चुरोटका ठुटाकै कुरा नत यस्को अन्त्य छ नै
कुनै ईतिहासमा बिर्सिएका छैन्न्
नत कुनै पुस्तकमा नै मेटिएका
यस्का गन्धहरू धूवाँ र ज्वालाहरू
स्वर्ग छ यसैमा मज्जा छ त्यसैमा
वीर सपुतहरूको रगतमा वीर नशालुहरूको नशामा
यही हो जीत
यही नै हो प्रीत
विस्की र व्राणडीहरूमा मन र मन्दिरहरूमा
आस्थामा विस्वास गरे नी ईश्वरको वस्तीमा पुजा गरे पनि
सबै यही हो सतिसालका पर्खालहरू
सल्किएका धुवाँ-धुलाहरू नै हुन्
चुरोट र ठुटा चुरोटका ठुटाहरू नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *