बिदेशमा पसिना बगाउँदैछन् दाजुभाइ
बाध्यताले पराइलाई सघाउँदैछन् दाजुभाइ
दिन रात खट्नु पर्छ भोकभोकै अर्कैलाई
आधा पेट खाएर अघाउँदैछन् दाजुभाइ
खेतबारी बन्धकीमा राखेको सम्झिएर
ससोच्दै निधारमा हात लगाउदैछन् दाजुभाइ
न छ दिनमा खाने फुर्सद न छ रातमा सुत्ने फुर्सद
निद्रा जति मेसिन मै भगाउँदैछन् दाजुभाइ
बाँच्न पनि धौ धौ छ कमाउन त परै जाओस
उल्टै पैसा घरबाट मगाउँदैछन् दाजुभाइ
