Skip to content

म तिम्रो जवानी देखेर आएँ

  • by


म तिम्रो जवानी देखेर आएँ
छातीमा नाम लेखेर आएँ

बैँशले अचेल जिस्क्याएपछि
यौवनको तिर्खा मेटेर आएँ

सुख र खुशी म बाँड्छु भन्दा
दुःखको आभाष भेटेर आएँ

सुनेर सबै कहानी तिम्रो
बगेका आँसु छेकेर आएँ

उमेरको रहर बाँकिनै राखी
नपुग्दै पाईला टेकेर आएँ

रामकृष्ण पौडेल “अनयास”
गजलकुन्ज

Leave a Reply

Your email address will not be published. Required fields are marked *