सधैँभरि भ्रष्टाचार र लुट भयो राजनीतिमा
अपराधीलाई संजाय होइन छुट भयो राजनीतिमा
साइकलबाट पजेरो झुपडीबाट अलिसान महल
भ्रष्टाचार गर्नेलाई ब्रह्मलुट भयो राजनीतिमा
जसले जति गल्ती गरोस् कारबाही हुन्न कसैलाई
गल्ती सबै ढाकछोप गर्न गुट भयो राजनीतिमा
सबैलाई कुर्सी चाहिने जतासुकै जाओस देश
स्वार्थ पुरा नहुँदा फुट भयो राजनीतिमा
सपना बाँड्छन् जनतालाई पुरा गर्ने कसले
बोलेमात्र पुग्ने झुट भयो राजनीतिमा ।
