धनहाङ !
मैले पठाएको
निम्तो मान्न
आएनौ तिमी,
हो मैले
बहुमुल्य चमक्दार धातुको
गेट बनाउन नसकुला
तर
बासनदार धुपी सल्ला
र,
सिङ्जाङ्गोको
स्वागतद्वार बनाएर
पुरै दिन पर्खेर बिताए ।
म ढुक्क थिए
तिमी पक्कै आउछौ ।
मैले
तिम्रो स्वागतार्थ
च्याब्रुङ गुन्जाएको थिए,
सङ्गितका धुनहरु
पर पर सम्म
घन्काएको थिए
तर
तिमी आएनौ, किन ?
के
तिम्रो सम्पन्नता
र
मेरो गरिबिको
दुई फरक रेखाले
छेकेकै हो त ?
तिमी नआउने
थाहा पाए पछी
यी सब
स्तब्द भए,
कोलाहलपूर्ण बाताबरण
शान्त चुपचाप् ।
तिमीले
आकाश माथिबाट
यी सबै सबै हेरेर
फर्की सकेको थिएछौ
मलाई के थाहा ?
तिमीले भुई छाडि सकेको छौ भन्ने ?
बल्ल पो थाहा भयो
कहाँ तिमी आकाशमा
म धरतिमा ?
त्यती मै म खुशी छु,
जहाबाट तिमीले खसालेका
फूलका गुच्छाहरु मेरो हात परे ।
तिमी नआएपछी
मैले मेरै हैसियतका
मान्छेहरुसँग
यो मेरो झुप्रोमा
मेरो जन्मत्सब मनाए ।
सायद्
बर्गिय रेखाले अन्तर
यो हाम्रो जूनी या जिन्दगी
अब
कहिलै भेट नहुन सक्छ ।
तर
शुभकामना छ !
तिमी आकाशहरुमा
स्वछन्द उडिरहनु-उडिरहरु ।
म
यही भुईमा
हामीले संगै रोपेको
फूलहरु फुलाउने कोशीश गर्ने छु ।
उही
तिमीलाई याद गर्ने -मनहाङ ।
१२-१२-२०१२
बिरानो देशबाट
