Skip to content

तामाङ शब्दकोष छिट्टै प्रकाशित हुने

  • by


सन्चु ब्लोन तामाङ् -काठमाण्डौ,
मंसिर २७, २०६९

नेपाल तामाङ घेदुङ र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त प्रयासमा तामाङ शब्दकोष प्रकाशन हुने भएको छ ।

हिजो भएको एक कार्यक्रममा शब्दकोष निमार्णको काम अन्तिम चरणमा पुगेको शब्द संकलक तथा सम्पादक अजितमान तामाङले जानकारी दिनुभयो ।

नेपाल तामाङ घेदुङको कार्यलयमा संकलित शब्दकोषको बारेमा आयोजित छलफलमा यस्तो जानकारी गराइएको हो ।

लेखक अजितमान तामाङका अनुसार शब्दकोष निमार्णको काम अन्तिम चरणमा पुगेको र मार्चको दोस्रो सातासम्ममा प्रकाशन हुनेछ । तामाङ, नेपाली र अंग्रेजी गरी तीन भाषामा र तामयिग लिपीमा समेत निकालिने शब्दकोषमा ८ हजार भन्दा बढी शब्दहरू रहने बताइएको छ ।

अजितमान तामाङ, सिजर तामाङ र राजेन्द्र तामाङ गरी तीन जनाको सकृयतामा संकलित शब्दकोष प्रकाशनको लागि परशुराम तामाङको संयोजकत्वमा तामाङ शब्दकोष निमार्णण निर्देशन समिति गठन गरी काम गदै आएको छ ।

आजभन्दा आठ वर्ष पहिले नै शब्दकोष निमार्ण गर्ने भनिए पनि लामो समय सम्म आपासमा विभिन्न खाले विवाद बढेकोले काम ढिला भएको हो । छलफलमा प्राध्याक एवं भाषाविद माधव प्रसाद पोखरेल, ताम्सालिङ दलका अध्यक्ष परशुराम तामाङ, घेदुङका अध्यक्ष कुमार योन्जन, सामाजशास्त्रि डा.मुक्तसिं लामा, भाषाविद अमृत योन्जन, लेखक डुपवाङ्गेल मोक्तान, तामाङ डाजाङका अध्यक्ष बुद्ध योन्जन, सन्चार समुहका अध्यक्ष जगत दोङ लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *