गुलाबको फूल लिई थमाएको याद गर
उकालोमा यिनै हात समाएको याद गर
एकै छिन साथ छुट्दा तड्पिएर रोई रोई
परेलीमा आँशुहरू जमाएको याद गर
चढ्दै जाँदा मातहरू सुनसान अँधेरीमा
दुई मुटु एक भई रमाएको याद गर
अरु सबै भुले पनि आफैँलाई बेची बेची
तिम्रो लागि पर्देशमा कमाएको याद गर

Wah damdar rachana..
Wah damdar rachana..