बाढीले बगायो बास छैन गरिबको
साँझ बिहान के खाने गाँस छैन गरिबको
मध्यरातमा बाढी पस्दा डुब्न थाल्यो घर
अब त बाँच्ने आस छैन गरिबको
निम्तियो बिपत्ती जलमग्न छन् गाउँहरू
बग्दैछन् मान्छेहरू सास छैन गरिबको
दु:ख माथि दु:ख थपिदैछ झन् झन्
सहयोग गर्ने मान्छे खास छैन गरिबको
उपेक्षित बन्दैछन् झुपडी बस्तीहरू
बिकट गाउँ उस्तै छन् बिकास छैन गरिबको
