Skip to content

खोस्नु पर्छ अधिकार मागेर हुन्न अब

खोस्नु पर्छ अधिकार मागेर हुन्न अब
सहमतिको माला जप्न लागेर हुन्न अब

गुम्ने हो कि उपलब्धि जोगाउनु छ सबै मिली
संघर्षको मैदानबाट भागेर हुन्न अब

बितिसक्यो चार बर्ष बनेन संबिधान
समयको परिधि नाघेर हुन्न अब

आन्दोलनको ज्वारभाटा नउठाइ हुन्न यहां
शान्तिको रहर मात्र जागेर हुन्न अब

मौलिकतामा खोज्नुपर्छ नेपालको क्रान्तिलाइ
बन्दुकको ट्रीगर मात्र दाबेर हुन्न अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *