Skip to content

संगसंगै लेक बेशी डुलेको बिर्सियौ कि

संगसंगै लेक बेशी डुलेको बिर्सियौ कि
प्रकृतिको अङ्गालोमा भुलेको बिर्सियौ कि

बिहानीको घामको किरण हिमालको काखमा पर्दा
चांदी जस्तै कन्चनजङ्घा खुलेको बिर्सियौ कि

रमणीय थियो यात्रा पहाड देखि हिमाल सम्म
पाखाभरि लालिगुराँस फुलेको बिर्सियौ कि

कतै कतै सुनजस्तै टल्किन्थे फांटहरु
मन लोभ्याउने धानका बाला झुलेको बिर्सियौ कि

रातमा पनि जुनकिरीले प्रकाश छर्थ्यो स्वागत गर्दै
हिड्ने बाटो धपक्क बलेको बिर्सियौ कि

Leave a Reply

Your email address will not be published. Required fields are marked *