Skip to content

सोझासिधा निमुखाको आश

  • by


सोझासिधा निमुखाको आश टुट्नु हुन्न
थिचिएर निसासिंदै सास टुट्नु हुन्न

संसारमा प्यारो हुन्छ आफ्नो घर वार
अनाथ र अशक्तको बास टुट्नु हुन्न

सानालाई नि हुनै पर्छ बाँच्ने अधिकार
भोका नाङ्गा गरीवको गाँस टुट्नु हुन्न

हेरविचारको खाँचो पर्छ उमेर ढल्केपछि
बुढ्यौलीमा सन्ततिको पास टुट्नु हुन्न

अधर्म र असत्यको बाटो हिड्नेलाई
ठूलो पाप लाग्छ भन्ने त्रास टुट्नु हुन्न

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *