सकेसम्म जोगिनलाइ अनेक कोशिश गरें
भ्रष्टाचारी ठहरिंदा आखिर जिउंदै मरें
हिजोको इज्जत सान माटो मै मिल्यो सबै
कैदी संग संगसंगै के गरी बस्नु हरे
पापी रैछन् न्यायाधिश बुझेनन् मनको कुरा
करोडौ दिंदा पनि लिएनन् अरे
पचास बर्से राजनीति समाप्त भयो आज
चुनाब लड्न नपाइने कानुन मै छ रे
भन्न लाइ त भन्थे सबै पाप कराउंछ धुरीबाट
न भन्दै त्यस्तै भयो आखिर जेल मै परें
